CG Electronics
IME Life
Ncell NPL

शिवजीलाई जिताउन महोत्तरी-४ का जनता कोदालो बोकेर आफै मैदानमा यसरी उत्रिए

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

महोत्तरी मधेश प्रदेशको महत्वपूर्ण जिल्ला मात्र होइन केन्द्रमा प्रभाव जमाउने नेता उत्पादन गर्ने जिल्ला पनि हो। १५ पटक मन्त्री भएका शरद सिंह भण्डारी देखि संबिधान निर्माणमा ज्यान दिएर मधेशका पक्षमा लागेका डाक्टर शिवजी यादव जन्माएको जिल्ला पनि महोत्तरी नै हो। लोसपाका अध्यक्ष महन्थ ठाकुर देखि माओवादीका पटक-पटक मन्त्री भएका गिरिराज मणी पोखरेल सम्म सोही जिल्लाका हुन्।

महोत्तरीका ४ निर्वाचन क्षेत्र मध्येको ४ नम्बर क्षेत्रमा यतिबेला सबै मतदाताको दृष्टीमा परेका शिवजी यादवको पक्षमा माहोल बनेपछि जसपा र कांग्रेस सहितका नेता रन्थनिएका छन्। लोसपा र एमालेले जप्रपाका केन्द्रीय उपाध्यक्ष शिवजीलाई काँध थापेपछि उनको जित निश्चित रहेको जिल्ला स्थित उच्च सुरक्षा श्रोतले जानकारी दियो। कांग्रेसका उम्मेदवार महेन्द्रको बिपक्षमा सिंगो जिल्लाका तीन तह खुलेरै लागेको र उनीहरुले शिवजीलाई सघाउने भएपछी कांग्रेस नेताको टाउको दुखाई बनेको छ। क्षेत्रका हरेक मतदाताको घर घर पुगेका शिवजीलाई बृद्द बृद्दा देखि युवाहरुले साथ दिएपछि अन्य उम्मेदवार हच्किएका छन्।

सरल र सहज अनि विकाशप्रेमी नेताको पहिचान बनाएका यादवको एमाले र जसपामा यस अघि राम्रो लगानी भएको थियो। एमाले अध्यक्ष केपी ओली र जसपा अध्यक्ष उपेन्द्र यादवको समेत रोजाईमा परेका उनलाई दुवै पार्टीका नेता कार्यकर्ताको साथ छ। जसपाका धेरै नेताले उनलाई साथ दिने बताएका छन्। उपेन्द्र यादवले शिवजी जस्तो नैतिकवान र इमान्दार नेतालाई पाखा लगाएको बुझेका जसपाका नेताले डाक्टर सुरेन्द्रलाई होईन डाक्टर शिवजीलाई मतदान गर्ने अभियान नै चलाएका छन्।

अरू पार्टीलाई पटक-पटक मतदान गरेको तर केही उपलब्धी नभएको ठहर सहित महोत्तरी ४ का जतानाले यो पटक कोदालो बोकेको किसानलाई मतदान गर्ने अभियान नै चलाएका छन्। त्यसका लागि नागरिक समूह समेत खडा भएको बुझिएको छ।

सो क्षेत्रमा एमालेले जसपालाई समर्थन गर्ने निर्णय गरेपनि नेता कार्यकर्ता भने शिवजीलाई मतदान गर्ने गोप्य निर्णयमा पुगेका छन्। जसपाका उम्मेदवार सुरेन्द्र ओली सरकारमा मन्त्री बन्न खुट्टा उचालेर लागेको तर नसकेको भन्दै उनी संग जसपाका कार्यकर्ता नै रुष्ट छन्। राज्यमन्त्री बन्दा केही गर्न नसकेको आरोप समेत खेपेका उनलाई आफ्नै बाट खतरा छ। त्यसको फाईदा शिवजीलाई नै हुने छ। अर्कातीर कांग्रेसका महेन्द्रलाई हराउन कांग्रेसकै ठुलो जत्था लागेको छ। महोत्तरीको सिंगो राजनीति होल्ड गरेका शरदसिङ्ग भण्डारीले शिवजीलाई जिताउन भित्र भित्रै उर्दी जारी गरेपछि झन् शिवजीको पक्षमा माहोल बनेको र महोत्तरी ४ मा उनैले जित्ने निश्चित भएको एक कांग्रेसीले टेलिफोन सम्पर्कमा बताए।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...