लुम्बिनी बिकास बैंकले नेशनल प्याब्सन मधेश प्रदेश समितिबीच सम्झौता
Tuesday Nov 08, 2022
वि.सं.२०७९ कात्तिक २२ मंगलवार ०९:०१
काठमाडाैं । लुम्बिनी विकास बैंक र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेश प्रदेश समितिबीच सम्झौता भएको छ । बैंक र विद्यालयबीच सेवा सुविधा आदान प्रदान गर्ने सम्झाैता भएकाे हाे ।
सो सम्झौता अनुसार नेशनल प्याब्सन मधेश प्रदेशसँग आवद्ध विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीलाई लुम्बिनी विकास बैंकले दुर्घटना बीमाका साथै स्वास्थ्य बिमा सुविधा प्रदान गर्ने छ ।
सो सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेशनल प्याब्सन मधेश प्रदेश समितीको तर्फबाट प्रदेश अध्यक्ष डा. नन्दन यादवले हस्ताक्षर गरेका छन् ।
लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् भने निकट भविष्यमा काठमाडौं उपत्यकामा थप तिन शाखाहरु जसमा काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने प्रकृयामा रहेको छ ।



























