CG Electronics
IME Life
NIMB

नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको इजाजतपत्र अर्थात लाइसेन्समा कडाई

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको इजाजतपत्र अर्थात लाइसेन्समा कडाई गरेको छ । बीमा ऐन, २०७९ लागू भएसँगै प्राधिकरणले निर्देशन जारी गर्दै उक्त व्यवस्थामा कडाई गरेको हो ।

उक्त निर्देशन अनुसार अबदेखि एउटा बीमा कम्पनीको मात्रै एजेन्ट बन्न पाइने भएको छ । प्राधिकरणले जीवन तथा निर्जीवन सबै बीमा कम्पनीहरुलाई एउटा मात्रै कम्पनीको अभिकर्ता बनाई काम गराउने व्यवस्था मिलाउन निर्देशन दिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘बीमा ऐन, २०७९ को दफा ९१ को उपदफा (७) बमोजिम बीमा अभिकर्ताको इजाजतपत्र दिदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइनेछ भन्ने व्यवस्था रहेको हुँदा त्यस बीमकमा आवद्ध बीमा अभिकर्ताहरूलाई स्वेच्छिक छनौट गराई कुनै एक मात्र बीमकको अभिकर्ता भई कार्य गराउनुहुन र सोको जानकारी प्राधिकरणमा गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ,’ उक्त निर्देशिकामा उल्लेख छ ।

यसअघि एक जनाले विभिन्न कम्पनीको अभिकर्ता भई काम गर्न पाउने व्यवस्था थियो । अब भने स्वेच्छिक रुपमा एउटा कम्पनीमा मात्रै काम गर्न पाइने भएको छ । यद्दपि, जीवन बीमा कम्पनीको अभिकर्ताले निर्जीवन बीमा व्यवसाय गर्ने कुनै एक कम्पनीको अभिकर्ता भई काम गर्न र निर्जीवन बीमा कम्पनीको अभिकर्ताले जीवन बीमा व्यवसाय गर्दै आएका कुनै एक कम्पनीको अभिकर्ता भई काम गर्न भने पाउने छन् ।

 

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...