CG Electronics
IME Life
Ncell NPL

शिथिल अर्थतन्त्र सम्हाल्ने जिम्मेवारी पाएका बिष्णुले कसरी हाँक्दैछन् १९ महिनापछि अर्थ मन्त्रालय ?

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

शिथिल अर्थतन्त्र सम्हाल्ने जिम्मेवारी पाएका बिष्णुले कसरी हाँक्दैछन् १९ महिनापछि अर्थ मन्त्रालय ?

२०७८ असारमा विष्णु पौडेलले जनार्दन शर्मालाई छोडेको अर्थ मन्त्रालय फेरि पौडेलमै फिर्ता आएको छ। करिब १९ महिनापछि शिथिल अर्थतन्त्र सम्हाल्ने जिम्मेवारी पौडेलको काँधमा आएको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक विघटन गरेको संसद् पुनर्स्थापनासँगै सरकार ढलेको थियो। त्योसँगै २०७८ असार २९ गते बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा जनार्दन शर्मा अर्थमन्त्री बने।

चालू आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको आरोप लागेसँगै अर्थमन्त्रीबाट शर्माले राजीनामा दिएका थिए। तर संसदीय समितिको छानबिनले आरोप पुष्टि गर्न नसकेपछि शर्माले २५ दिनमै पुनः अर्थ मन्त्रालयको कमान्ड सम्हाले।

शर्मा अर्थमन्त्री बनेसँगै अर्थतन्त्र बिगारेको आरोप लाग्ने गरेको छ। उनी अर्थमन्त्री हुँदा अधिकांश सूचाकांक नकारात्मक देखिए। जनार्दन शर्माले सोमबार मन्त्रालयबाट विदाइ हुँदै अर्थतन्त्र बाहिर हल्ला गरेजस्तो नबिग्रिएको बताएका छन्।

राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा विष्णु पौडेलले अर्थ मन्त्रालय छाड्ने बेलाभन्दा अहिलेका सूचकांक बढी नकारात्मक देखिएका छन्। महंगी बढेको छ भने पुँजीबजार निराशाजनक छ। पुँजीगत खर्च निराशाजनक र राजस्व लक्ष्य १ खर्बले अपुग छ।

जनार्दन शर्माले अर्थ मन्त्रालय नेतृत्वबाट विदा हुँदा कुल राजस्व लक्ष्यको २५.५३ प्रतिशत मात्रै संकलन भएको छ। १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा साढे ५ महिनामा ३ खर्ब ७२ अर्ब रुपैयाँ मात्रै उठेको छ।

राजस्व संकलनभन्दा खर्च बढी भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार ४ खर्ब ६६ अर्ब रुपैयाँ अर्थात् २५.९९ प्रतिशत खर्च भएको छ। चालू खर्च ३ खर्ब ७२ अर्ब रुपैयाँ र पुँजीगत खर्च ३८ अर्ब रुपैयाँ मात्रै भएको छ। पुँजीगत खर्च १०.१७ प्रतिशतमै सीमित छ। वित्तीय खर्च भने २३.९९ प्रतिशत छ।

पहिला कस्तो थियो, अहिले कस्तो छ?
२०७८ असारमा विष्णु पौडेल अर्थ मन्त्रालयबाट विदा हुँदा औसत मुद्रास्फीति अर्थात् महंगी ३.६० प्रतिशत मात्रै थियो। तर जनार्दन शर्माले विष्णु पौडेललाई अर्थमन्त्री छाड्दा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ८.०८ प्रतिशत छ।

विप्रेषण आप्रवाह भने जनार्दन शर्माको पालामा बढेको छ। हाल नेपाली रुपैयाँमा २०.४ प्रतिशतले र अमेरिकी डलरमा १०.८ प्रतिशतले रेमिट्यान्स बढेको हो। विष्णु पौडेलले अर्थमन्त्री छाड्दा नेपाली रुपैयाँमा ९.८ प्रतिशत र अमेरिकी डलरमा ८.२ प्रतिशतले बढेको थियो।

त्यस्तै आयातनिर्याततर्फ पौडेलले छाड्दा आयात २८.७ प्रतिशतले र निर्यात ४४.४ प्रतिशतले बढेको थियो भने अहिले आयात २०.७ प्रतिशत र निर्यात ३४ प्रतिशतले घटेको छ।

२०७८ असारमा पौडेल अर्थमन्त्रीबाट बाहिरिँदा देशको शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा थियो। अहिले जनार्दन शर्माले पौडेललाई मन्त्रालय छाड्दा शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको छ ।

विदेशी विनिमय सञ्चिति अहिले करिब २ अर्ब बढी अमेरिकी डलरले कम छ। सरकारले गाडी लगायत १० वस्तुमा वैशाखदेखि पुस १ गतेसम्म आयात प्रतिबन्ध लगायो। तर विदेशी विनिमय सञ्चिति पुरानो अवस्थामा फर्किएको छैन। हाल नेपालसँग ९ अर्ब ६३ करोड अमेरिकी डलर सञ्चिति रहेको छ। पौडेलले अर्थ मन्त्रालय छाड्दा ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेको थियो।

२०७८ असारमा देशको विस्तृत मुद्राप्रदाय २१.८ प्रतिशतले बढेको अवस्थामा थियो भने अहिले विस्तृत मुद्राप्रदाय १.० प्रतिशतमा छ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २१.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा २७.३ प्रतिशतले बढेको थियो। अहिले वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.४ प्रतिशतमा सीमित छ।

अर्थमन्त्री जनार्दन शर्मालाई पुँजीबजारले साथ दिएन। विष्णु पौडेलले मन्त्रालय छाड्दा नेप्से परिसूचक २८ सय ८३ अंकसम्म पुगेको थियो भने धितोपत्र बजार पुँजीकरण ४० खर्ब १० अर्ब रुपैयाँ रहेको थियो।

जनार्दन शर्माले मन्त्रालय सम्हालेसँगै ओरालो लाग्न थालेको नेप्से परिसूचक अहिले १९ सय २४ अंकमा झरेको छ। नयाँ सरकार बन्ने निश्चितसँगै सोमबार मात्रै ५६.८८ अंकले नेप्से बढेको छ। हाल बजार पुँजीकरण २७ खर्ब ८२ अर्ब रुपैयाँमा झरेको छ।

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा, २०औं वर्षमा प्रवेश

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा,...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४९

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले स्थापना भएको १९...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

डिजिटल बैंकिङमा अर्को फड्को: महालक्ष्मी विकास बैंकको नयाँ QR भुक्तानी सेवा सुरु

डिजिटल बैंकिङमा अर्को फड्को: महालक्ष्मी विकास बैंकको...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:३४

काठमाडौं । महालक्ष्मी विकास बैंक ले UnionPay International सँगको सहकार्यमा...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...