CG Electronics
IME Life
Ncell NPL

अर्थमन्त्रीमा बिष्णु पौडेलको नाम, सेयर बजार बढ्यो धमाधम

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

सत्ता गठबन्धन बाट अलग्गिएर ओली निवास पुगेकै दिन प्रचण्ड प्रधानमन्त्री बने। उनले आज सपथ खाँदैछन्। प्रचण्ड सरकारमा एमाले उपाध्यक्ष बिष्णु पौडेल अर्थमन्त्री बन्ने बजारिया हल्लाले आज सेयर बजार उकालो लागेको छ। पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने सम्भावनाको चर्चासँग सबैभन्दा बढी खुसी लगानीकर्तामा देखिएको छ ।

पौडेल अर्थमन्त्री बन्ने भएपछि लगानीकर्तामा आत्मविश्वास बढेको अहिलेको सेयर बजारले देखाउँछ । नेपालको राजनीतिक परिवर्तन, सरकारको नेतृत्व परिवर्तन र त्यसमा पनि विशेषगरी कसले अर्थमन्त्रालय सम्हाल्छ भन्ने विषयको सीधा असर सेयर बजारमा देख्न सकिन्छ ।

२०७२ सालमा पनि सेयर बजारले उच्च विन्दु चुम्दा त्यतिबेला विष्णु पौडेलले नै अर्थमन्त्रालयको नेतृत्व सम्हालेका थिए । सरकारको नेतृत्व केपी ओलीले गरेका थिए । सेयर बजारप्रति सकारात्मक मानिएका विष्णु पौडेलकै पालामा बजारले पनि नयाँ रेकर्ड बनाइरह्यो । त्यतिबेलै बजारले १८८१ को उच्च विन्दु चुम्न सकेको हो ।

२०७४ को निर्वाचनपछि वाम गठबन्धनको तर्फबाट केपी ओलीको नै सरकार बन्यो । अर्थमन्त्रीमा डा. युवराज खतिवडा आइपुगे । अर्थतन्त्रको विज्ञ मानिएका खतिवडालाई पनि बजार पत्याएन । उनलाई निजी क्षेत्रमैत्री नभएको आरोप पनि लाग्ने गरेको छ ।

अर्थतन्त्र सुधार्ने आशा खतिवडामा थियो । तर, उनी एकतर्फी ढंगले अघि बढेर टेक्नोक्रयाटको पारा देखाएको भन्दै उनकै पार्टीभित्र व्यापक आलोचना भयो । अन्तत: उनलाई अर्थमन्त्रीबाट हटाएर पुन: विष्णु पौडेललाई ल्याइयो । यद्यपि खतिवडाले आलोचना खेपेर भने पनि अर्थतन्त्र जोगाएको बताइन्छ ।

हुन त पौडेल अर्थतन्त्रका विषय विज्ञ होइनन तर पनि उनले दिने अभिव्यक्तिले नै निजी क्षेत्रलाई र लगानीकर्तालाई आत्मविश्वास दिने गरेको लगानीकर्ता रमेश कुँवर बताउँछन् । विष्णु पौडेल अर्थमन्त्रीका रूपमा पुनः आएपछि सेयर बजार पुन: लयमा जान थालेका थियो । विष्णु पौडेलकै पालामा सेयर बजार सर्वाधिक उच्च विन्दुमा पुगेको थियो ।

३२०० विन्दुमा पुगेको बजार कांग्रेस माओवादीको सरकारपछि निरन्तर ओरालो लागिरहेको छ । यद्यपि आजै अर्थमन्त्रीमा विष्णु पौडेलले सपथ लिने चर्चापछि बजारमा चमक सुरू भएको छ । बजारले सर्वाधिक नरुचाएका अर्थमन्त्री जनार्दन शर्माको बहिर्गमन भइसकेको छ ।

एमालेको तर्फबाट नेतृत्व गर्दै पौडेल तेस्रो पटक अर्थमन्त्री बन्ने निश्चित भइसकेको छैन । यद्यपि सरकारको नेतृत्वका सन्दर्भमा सुवास नेम्वाङ मन्त्री नहुने भएकाले पौडेलले नै नेतृत्व गर्ने देखिन्छ ।

यसअघि अर्थमन्त्री हुँदा पौडेलले निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्ने प्रयास गरेका थिए । उनको दुई पटकको अर्थमन्त्रीको कार्यकालको नजिरले नै उनी लगानीकर्ताका लागि भाग्यशाली बनेको देखाउँछ । अहिले ५८ लाखभन्दा बढी लगानीकर्ता बजारमा छन् ।

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...