CG Electronics
IME Life
NIMB

निर्मलाको हत्या गरेको भनिएका रावल निर्दोष रहेको प्रहरीले नै गर्यो पुष्टी,प्रहरीले फेरी देखायो यस्तो गाईजात्रा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार–हत्या आशंकामा प्रहरीले बुधबार पक्राउ गरेका व्यक्ति ‘शंकास्पद मात्रै’ देखिएका छन्।
निर्मला प्रकरणमा यसअघि २५५ जनालाई प्रहरीले पक्राउ गरेको गृह मन्त्रालयले जनाएको थियो।

केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार कञ्चनपुर भीमदत्तनगर-८ का १८ वर्षीय प्रदीप रावललाई पक्राउ गरेको थियो।

काठमाडौंबाट पक्राउ परेका रावललाई अहिले महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा राखिएको छ। उनीबारे अनुसन्धान भइरहेको बृत्तले जनाएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार उनलाई यसअघि पक्राउ परेका व्यक्तिहरूजस्तै शंकाको आधारमा मात्र पक्राउ गरिएको हो। ‘निर्मला प्रकरणपछि काठमाडौं आएको देखिएर शंकाका आधारमा पक्राउ गरिएको हो,’ ब्युरो स्रोतले भन्यो, ‘भन्नलायक कुनै पनि कारण देखिएको छैन।’ आज शुक्रबार डिनए रिपोर्ट सार्वजनिक गर्ने भनीए पनि प्रहरी यो सबै नाटक गरेको श्रोतको बनाई छ।

ब्युरो प्रमुख डिआइजी निरजबहादुर शाहीले रावल पक्राउबारे अनभिज्ञता जनाए। ‘हामीले अहिले कसैलाई शंकाको आधारमा पक्राउ गरेका छैनौं,’ शाहीले भने, ‘अरु निकायले पक्राउ गरेको भए हामीलाई जानकारी भएन।’

केन्द्रीय प्रहरी प्रवक्ता उत्तम सुवेदीले अनुसन्धानको सिलसिला जारी रहेकाले अहिले केही पनि भन्न नमिल्ने बताए। उनले भने, ‘अनुसन्धानको प्रक्रिया जारी रहेकाले अहिले केही भन्ने अवस्था रहेन।’

प्रहरीले यसअघि पक्राउ व्यक्ति प्रायः सबैको नाम सार्वजनिक गरेको थियो। ती व्यक्तिको नाम शंकाकै आधारमा सार्वजनिक गरिएको थियो। प्रहरी अधिकारीहरूले भने यो कार्यको बिरोध गरेका छन्।

‘शंकाकै आधारमा पक्राउ गरिएका व्यक्तिको नाम सार्वजनिक गर्नु अपराध नै हो,’ पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीले भने, ‘यथेष्ट सबुत प्रमाणबिना कसैलाई पक्राउ गर्नु मानवअधिकारको उल्लंघन पनि हो, प्रचलित कानुन विपरीत पनि हो।’

उनका अनुसार यस्तो प्रकरणमा राज्य जिम्मेवार बन्नुपर्छ। ‘दोषी सय जना छुटुन् तर एक जना निर्दोषले सजाय नपाओस्, अनुसन्धान सिलसिलामा कसैलाई पक्राउ गरिन्छ, तर अनुसन्धानले अपराध प्रमाणित नगरेसम्म प्रहरीले कसैको नाम सार्वजनिक गर्न मिल्दैन।’

भण्डारीले थप भने, ‘फौजदारी न्याय प्रमाणाली सर्वमान्य सिद्धान्त हो। अनुसन्धानकर्मीले निर्दोष मान्छेको सुरक्षा, सामाजिक प्रतिष्ठामा आँच आउने काम गर्नु हुँदैन।’

भण्डारीले यसअघि पक्राउ परी अदालतबाट छुटेका दिलीपसिंह विष्टजस्तै निर्दोष कोही पनि पक्राउ गरेर प्रहरीले कानुनको दुरूपयोग गर्न नहुने पनि बताए।

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट,...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:१०

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट विनियोजन

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:०२

काठमाडौं । सरकारले महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडकखण्डको ट्रयाक खोल्ने कार्यलाई...

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:५५

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा पूर्वपश्चिम...

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी कायम

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२७

काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको...