CG Electronics
IME Life
NIMB

वाणिज्य बैंकले आक्रामक रुपमा शाखा विस्तार गर्दा कहाँ पर्यो असर ? कुन बैंकको शाखारहित बैंकिङ सेवा कति ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

वाणिज्य बैंकले आक्रामक रुपमा शाखा विस्तार गर्दा कहाँ पर्यो असर ? कुन बैंकको शाखारहित बैंकिङ सेवा कति ?

बैंक तथा वित्तीय संस्थाले दूरदराज तथा पिछडिएको ठाँउमा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आइरहेका छन्। पछिल्लो एक दशकदेखि वित्तीय संस्थाले शाखा नभएको ठाउँमा शाखारहित बैंकिङमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेका छन्।

नेपाल राष्ट्र बैंकले देशैभर वित्तीय पहुँच पुर्याउन २०६९ सालदेखि संस्थालाई शाखारहित बैंकिङ सञ्चालनको अनुमति दिन थालेको हो।

वित्तीय संस्थाले आफ्नो संस्थामा खाता भएका ग्राहकलाई संस्था स्वयं वा संस्थाद्वारा नियुक्त व्यावसायिक आधिकारिक प्रतिनिधि (एजेन्ट)का सहायताले ‘प्वाइन्ट अफ ट्रान्जेक्सन’ मेसिनका माध्यमबाट कार्ड प्रयोग गरी शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न सकिने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले शाखा पुर्याउन नसकेको ठाउँमा शाखारहित बैंकिङमार्फत ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेका छन्।

यसअघि पनि सरकारले देशैभरका सर्वसाधारणलाई बचत र भुक्तानीको सुविधा दिने गरी हुलाक बैंक पनि सञ्चालनमा ल्याएको थियो। सरकारले २०३० तिर देशभर सर्वसाधारणलाई बचतको बानी पार्न हुलाक बचत बैंक सुरु गरेको थियो।

हुलाक बचत बैंकमा सर्वसाधारणले बचत गर्न पाउने सुविधा भए पनि ऋण लिन पाउने अवस्था थिएन। विस्तारै यस बैंकले सर्वसाधारण बचतकर्ताको निक्षेप अपचलन गरेका दर्जनौँ उजुरी परे। उजुरी बढ्दै जानथालेपछि सरकारले बजेटमै हुलाक बैंकमा रहेका खाता सरकारी बैंकमा सारेर बैंक खारेज गर्ने कुरा ल्यायो।

तर, हालसम्म पनि हुलाक बैंक लाइसेन्स खारेजी भने भएको छैन। अहिले पनि बैंकले पुरानै शैलीमा काम गरिरहेको छ।

हुलाक बैंकमार्फत देशभरका सबै ठाउँमा बैंकिङ सुविधा नपुगेको महशुस गर्दै २०६९ सालदेखि राष्ट्र बैंकले शाखारहित बैंकिङको लागि बैंक तथा वित्तीय संस्थालाई अनुमति दिनथालेको हो।

सुरुवातदेखि निरन्तर शाखारहित बैंकिङ सेवा प्रभावकारी पनि राम्रो देखिन्छ।

वर्षेनी शाखारहित बैंकिङमार्फत कारोबार बढ्दै गइरहेको छ। कारोबार बढ्दै गए पनि शाखारहित बैंकिङलाई राष्ट्र बैंकले प्रोत्साहन गरेको देखिँदैन। पछिल्लो समय शाखारहित बैंकिङमार्फत कारोबार बढे पनि संख्या भने घट्दै गइरहेको छ।

गत मंसिरमा शाखारहित बैंकिङको संख्या १ हजार ७ सय ५२ रहेकोमा चालू आवको मंसिर मसान्तसम्मा घटेर १ हजार ४२४ सीमित भएको छ।

गत मंसिरमा शाखारहित बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकको संख्या २ लाख ३५ हजार ४८१ रहेकोमा यो वर्षको मंसिरमा बढेर ३ लाख २ हजार ८९९ जना पुगेको राष्ट्र बैंकले जनाएको छ।

शाखारहित बैंकिङका प्रयोगकर्ता साथै कारोबार समेत बढोत्तरी आएको छ।

गत यसै मंसिरसम्ममा शाखारहित बैंकिङमार्फत ३ लाख ८ हजार पटकको कारोबारमा ६ अर्ब ६१ करोडको कारोबार भएको थियो। चालू आवको मंसिरसम्म ३ लाख ४० हजार पटकको कारोबारमा ७ अर्ब ८ करोडको कारोबार भएको छ। कारोबार बढे पनि बैंकहरुले शाखारहित बैंकको संख्या घटाउँदै गएका छन्।

मंसिरसम्ममा वाणिज्य बैंकको शाखारहित बैंकिङ सेवाको संख्या १ हजार ३ सय ९८ छ। विकास बैंकले मात्र २६ वटा शाखारहित शाखाबाट सेवा प्रदान गरिरहेका छन्।

वाणिज्य बैंकको शाखारहित बैंकिङ सेवा सबैभन्दा धेरै हुँदा ग्राहक समेत उच्च छन्। वाणिज्य बैंकको मात्र ३ लाख २ हजार ८९९ जना ग्राहक रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी विकास बैंकको शाखारहित बैंकिङ सेवा संख्या २६ र ग्राहक संख्या ७३ रहेको राष्ट्र बैंकले जनाएको छ। हालसम्म देशका ७५२ स्थानीय तहमा बैंकको शाखा पुगेको नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए। बैंकहरु स्थानीय तहमा पुग्नथालेपछि शाखारहित बैंकिङ संख्या कम हुनथालेको पोखरेलले बताए।

‘पछिल्लो समय शाखारहित बैंकिङ शाखा केही घटेको छ’, उनले भने, ‘वाणिज्य बैंकले आक्रामक रुपमा शाखा विस्तार गर्दा संख्या घटेको हो।’

बैंकहरुको शाखा नपुगेको ठाँउमा शाखारहित बैंकिङ सेवाको प्रभावकारिता राम्रो रहेको पोखरेल बताउँछन्।

पछिल्लो समय शाखारहित बैंकिङ कारोबारमा समस्या देखिएकाले तिनीहरूको नियमित नियमन र सुपरिवेक्षण भइरहेको पोखरेलले बताए।

‘यो प्रणाली अलि परम्परागत पनि भयो। अलि–अलि समस्या पनि देखिए । जनचासो र जनगुनासा पनि आए’, उनले भने, ‘यसकारण हामी पनि थप सचेत भएका छौँ, बैंकहरूलाई पनि सचेत भएर सजगताका साथ कारोबार गर्न निर्देशन दिएका छौँ।’

शाखारहित बैंकिङ सेवाको कारोबार सम्बन्धमा बैंकहरूको निश्चित शाखा पूर्णरूपमा उत्तरदायी हुनुपर्नेमा केही बैंकको हकमा त्यसो नदेखिएकाले समस्या भएको पोखरेलको भनाइ छ ।

उनले शाखारहित कारोबारबारे सचेतना जगाउन राष्ट्र बैंकले जारी गरेको सूचना आआफ्ना वेबसाइटमा प्रकाशन गर्न पनि बैंकहरूलाई आग्रह गरेको पोखरेलले बताए।

शाखारहित बैंकिङ विस्तार गर्न राष्ट्र बैंकले कुनै कडाइ नगरेको उनले उल्लेख गरे।

बैंकहरुले पनि सूचना जारी गर्दै ग्राहकलाई सचेत रहेर कारोबार गर्न अनुरोध गर्न थालेका छन्। राष्ट्र बैंकले शाखारहित बैंकिङ शाखा विस्तारमा कडाइ नगरे पनि प्रोत्साहन समेत गरेको छैन।

पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थाहरूले पनि शाखारहित बैंकिङलाई प्रोत्साहन गर्न छाडेको जनाएका छन्।

‘विगतमा शाखारहित बैंकिङको राम्रो प्रभाव थियो । पछिल्लो महिनामा उक्त सेवाको प्रभावकारितामा कमी आउन थालेको छ’, एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘यसकारण त्यस सम्बन्धमा बैंकहरूले चासो दिन छाडेको देखिन्छ ।’

यता राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरु शाखारहित बैंकिङ चासो कम गर्दा दूरदराजका ग्राहक वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने देखिन्छ।

कुन बैंकको शाखारहित बैंकिङ सेवा कति ?

ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ सेवा सबैभन्दा धेरै छ। बैंकको शाखारहित बैंकिङ सेवा २८६ रहेको छ।

त्यसैगरी सनराइज बैंकको ११५, सनराइज बैंकको ९९, प्रभु बैंकको ७३, एनआईसी एसियाको ६५, कुमारी बैंकको ६०, राष्ट्रिय वाणिज्य बैंकको १०२, नेपाल इन्भेष्टमेन्ट मेगाको १०९, नबिल बैंकको एउटा मात्र शाखारहित बैंकिङ सेवा रहेको छ।

यसबाहेक एनएमबी बैंकको ३३, नेपाल एसबीआई बैंकको ९, एभरेष्ट बैंकको १२०, सिभिलको २ वटा शाखारहित बैंकिङ शाखा छ। त्यस्तै, लक्ष्मीको ७१, माछापुच्छ्रे बैंकको १५२ शाखारहित बैंकिङ सेवा छ।

यता हिमालयन, प्राइम कमर्सियल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, कृषि विकास बैंक, नेपाल बैंकले भने शाखारहित बैंकिङ सेवा सञ्चालन नगरेको जनाएका छन्।

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...