CG Electronics
IME Life
Ncell NPL

लघुवित्तय संस्थाहरुबाट पीडितहरुद्वारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । लामो समयदेखि आन्दोलनरत पीडितहरुद्वारा लघुवित्त वित्तिय संस्थाहरुको खारेजीको मागसहित दास्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै लघुवित्त वित्तिय संस्था विरुद्धको संघर्ष समितिका केन्द्रिय अध्यक्ष मनिराम ज्ञवालीले पीडितहरु आत्महत्या गर्न बाध्य हुँदासम्म पनि न्याय नपाउँदा कडा आन्दोलनको घोषणा गर्नु परेको बताए ।

संघर्ष समितिकी उपाध्यक्ष सशिला थापाले लघुवित्त संस्थाहरुले गरिब जनतामाथि क्रुरतापूर्वक चक्रिय व्याज लगाएर आत्महत्या गर्न बाध्य पारिरहँदा पनि सरकारी निकायहरु उल्टै उनिहरुको पक्षमा लागेको आरोप लगाइन् । उनले प्रहरी प्रशासनकै अगाडि आफुलाई हातपात गरेको र पीडित महिलालाई वित्तिय संस्थाका कर्मचारीहरुले जिउ बेचेर भएपनि ऋण चुक्ता गर्न भन्दै दुव्र्यवहार गरेको बताइन ।

धादिङका अनिल विसुङ्खेले कोरोना कालमाजस्तै अहिले लघुवित्तिय संस्थाहरु कालका रुपमा आएको बताए । इलाम स्थायी घर भएकी पीडित कुमारी राईले नेपाली समाजमा लघुवित्तिय आतंक बढ्दै गएको र त्यसमा सरकारले न्याय दिनुभन्दा उल्टै पीडककै पक्षमा लागेको बताइन् ।

लघुवित्तिय संस्थाहरु खारेजी, सामुहिक ऋण मिनाह, गरिब किसानहरुलाई निःशुल्क ऋण, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था र समाजवादी अर्थतन्त्रको विकास लगाएतका पाँचबुँदे माग राखेका छन् । सो मागहरु पुरा गर्नका लागि फागुन १ गतेदेखि ३० गतेसम्म दोस्रो चरण्णको आन्दोलनको घोषणा गरेका छन् ।

सो अनुसार फागुन १ गते पुर्व–पश्चिम राजमार्ग चौराहाहरुमा न्याय खोज्दै दिप प्रज्वलनसहित दिनको १२ बजेदेखि २ बजेसम्म सडकमा सुत्ने, फागुन २ मा ७७ ओटै जिल्ला मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुमा सहजिकरण पत्र बुझाउने, फागुन १६ गते ७७ ओटै जिल्ला प्रशासन अगाडी धर्ना, जुलुसका साथै विरोध प्रदर्शनहरु गर्ने, फागुन ३० गते काठमाडौ केन्द्रित सिंहदरबार अगाडी विशाल विरोध प्रदर्शन गर्ने ।

नेपालमा बढ्दो कफी संस्कृतिलाई सम्बोधन गर्दै सीजी (CG) मेरिडिया: ‘स्मार्ट होम एप्लायन्सेस’ पोर्टफोलियो विस्तार गर्दै ल्यायो प्रिमियम ‘ड्रिप कफी मेकर’

नेपालमा बढ्दो कफी संस्कृतिलाई सम्बोधन गर्दै सीजी...

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:१२

काठमाडौँ । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीजी...

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:३१

बुटवल, नेपाल - नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...

गर्मीले होइन क्रम्टनको सिलिङ्ग फ्यान ले जित्छ !

गर्मीले होइन क्रम्टनको सिलिङ्ग फ्यान ले जित्छ...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:११

काठमाडौं । गर्मी बढ्नासाथ नेपाली घर, अफिस, होटल तथा व्यापारिक...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...