CG Electronics
IME Life
NIMB

दूध अभाव हुन नदिन धुलो दूध र झोल दूध आयात गर्न डेरी एशोसिएसनले पहल गर्ने

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल डेरी एसोसिएसनले दूध अभाव हुन नदिन धुलो दूध र झोल दूध आयात गर्न तत्काल पहल गर्ने निर्णय गरेको छ ।

सर्लाहीको हरिवनमा सम्पन्न नेपाल डेरी एसोसिएसनको केन्द्रिय विस्तारित बैठक दूधको अभाव हुन थालेका कारण धुलो र झोल दूध आयात गर्नुपर्ने अवस्था आएको निष्कर्ष निकालेको छ ।

हिजो र आज दुई दिन बसेको बैठकमा अब दूधको मूल्य तोक्दा प्रदेश अनुसार मूल्य निर्धारण गर्दा सहज हुने विषयमा छलफल भएको थियो ।

बैठक पछि जारी विज्ञप्तिमा जनाइए अनुसार फ्रेस मिल्कमा लगाईएको अन्त शुल्क हटाउन पहल गर्ने, हालै दूधको मूल्य वृद्धि पश्चात छुर्पीको पनि मूल्य वृद्धि भई बजारमा विक्रि नहुँदा उत्पन्न समस्या समाधानका लागि पहल गर्ने निर्णय गरेको छ ।

बैठकमा दूग्ध संकलन गर्ने केन्द्रमा दिइदैं आएको विद्युत महसुलमा छुट नहटाई निरन्तर दिइनुपर्ने र नेपाल डेरी एसोसिएसनलाई महासंघमा लैजाने विषयमा छलफल भएको बताइएको छ ।

सबै प्रदेशले लिखित प्रतिवदेन पेश गरेको बैठकमा अब दूधको मूल्य वृद्धि गर्दा प्रदेश अनुसार फरक फरक गर्ने बारेमा पनि छलफल भएको थियो ।

यस्तै आजदेखि बैशाख १४ गतेसम्म मधेश प्रदेशको हरिवनमा डेरी तथा कृषि औजार मेला सम्पन्न हुन गइरहेको सन्दर्भमा उक्त अवसरलाई सदुपयोग गर्दै एसोसिएशनको बिस्तारित बैठक एवं प्रदेश र जिल्ला समितिका पदाधिकारीहरुलाई एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा सातै प्रदेशका अध्यक्षहरु, उपाध्यक्षहरु, कोषाध्यक्षहरु, सचिवहरु एवं जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको जानकारी केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल दिएको छन् ।

 

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...