महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन
Tuesday May 02, 2023
वि.सं.२०८० वैशाख १९ मंगलवार २१:१४
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ ।
अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव
दिने उद्देश्यले महासंघद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गर्नुभएका विशिष्ट
व्यक्तित्वहरु संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरिएको हो ।
उक्त समूहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। गोविन्दराज पोखरेल, नेपाल
सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा र शिशिर ढुंगाना, अर्थविदहरु केशव आचार्य, डा।
कल्पना खनाल र डा। गणेश गुरुङ हुनुहुन्छ ।
विज्ञ समूहको पहिलो बैठक मंगलबार महासंघको सचिवालयमा बस्यो । विज्ञ समूहको गठनबाट
महासंघका सल्लाह सुझावलाई प्रभावकारी रुपमा सरकारमा पेश गर्न थप सहयोग पुग्ने विश्वास
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभयो ।
पहिलो बैठकमा वर्तमान आर्थिक अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्दीय बैंक र सरकारले निजी
क्षेत्रको विश्वास बढाउनु पर्नेमा जोड दिइएको छ ।
























