CG Electronics
IME Life
Ncell NPL

एमडीएमएस दर्ता प्रणालीले अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग पुग्छ : एसएसपी कार्की

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दानबहादुर कार्कीले मोवाइल डिभाइस म्यानेजम्यान्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू हुदा प्रविधिको दुरुपयोगबाट हुदै आएका विविध अपराध नियन्त्रण गर्न सहयोग पुग्ने बताएका छन् ।

आइतवार काठमाडौंमा सरोकारवाला निकायले गरेको एमडीएमएस प्रणाली कार्यान्वयन सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा कार्कीले समय सापेक्ष नयाँ प्रविधिको प्रयोग कम हुँदा त्यसले अपराध अनुसन्धान र नियन्त्रण गर्न असहज तथा समय लाग्ने गरेको दृष्टान्त दिदै अब एमडीएमएस प्रणालीले अनुसन्धानमा कार्यमा सहयोग प¥याउने बताए ।

उनले भने,‘यो प्रणाली लागू भइसकेपछि खास गरि हामीले अपराध नियन्त्रणमा सहयोग होस् अपराध नियन्त्रण नै होस्, अनुसन्धान गर्नुपर्ने स्थितिमा नै पुग्न नपरोस भन्ने चाहेको छौं । अनुसन्धान गनुुपर्दाको अवस्थामा पनि छरितो किसिमले अनुसन्धान गरेर समयमै न्याय दिने कार्यमा लाग्न सबै ऐक्यबद्ध भएर लाग्ने अपेक्षा गरेको छु।’

उनले एमडीएमएस प्रणालीमा दर्ता नगराएका डिभाइसहरुलाई प्रहरी अनुसन्धानका क्रममा ट्रयाकिङ गर्न निकै गाह्रो भएको भन्दै यो प्रणालीमा दर्ता गराउन सबैलाई आग्रह समेत गरे ।

आइएमइआई परिवर्तन गरेर कतिपयले चोरी बजारमा मोवाइल विक्रि गर्ने र प्रविधिको आडमा सामाजिक सञ्जालमार्फत अपराध गर्ने कार्यमा डिभाइसेसहरुको प्रयोग धेरै भएकोले त्यसलाई नियन्त्रण गर्न प्रहरीलाई सहयोग पुग्ने अपेक्षा राखे ।

‘हामीकहाँ एक महिनामा दुई तीन सय मोवाइल हराएको भनेर उजुरी आउँछन् । चोरिएका भनेर आउने संख्या पनि त्यत्तिकै मात्रामा छन् । हराउनु व्यक्तिको कमजोरी भए पनि चोरिनुमा राज्यले ध्यान दिनुपर्ने हुन्छ ।

त्यस्ता चोरिएको वा हराएको फोनलाई आफ्नो फोन भनेर बजारमा पाटपूर्जा परिवर्तन गरी विक्रि गर्ने कुरा कानून सम्मत होइन् त्यो कानूनी दायरामा आउँछ । कानूनी दायरामा आउने कुराालाई जव मोवाइल दर्ता गर्ने,कर तिर्ने अवस्थामा आउँछ, कर तिरेको र दर्ता गरिएको मोवाइल हुने छ ।’ कार्कीले बताए ।

उनले नेपाल प्रहरीको अपराध अनुसन्धानमा समेत मोवाइलको फरेन्सिक रिपोर्ट परीक्षण गरी अनुसन्धानमा प्रयोग गरिदै आएको उल्लेख गर्दै दर्ता प्रणालीले अझ अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग पुग्ने बताए ।

त्यस्तै नेपाल शशस्त्र प्रहरी बलका डिआइजी पुरुषोत्तम थापाले यो प्रणाली लागू भएपछि सीमा सुरक्षा र अर्थतन्त्रमा राजस्व चुहावट रोक्नलाई मद्दत पुगेको बताए । उनले सशस्त्र प्रहरीले तदारुकताका साथ यो प्रणालीलाई कार्यान्वयन गराउने पक्षमा लाग्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

 

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५० एमएल क्यान रु. ८० मा

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५०...

वि.सं.२०८३ वैशाख २० आइतवार १०:३१

‘ काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रा. लि. ले नेपालमा...

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...