CG Electronics
IME Life
Ncell NPL

स्टार्टअप वल्र्डकपमा सहभागि हुन काठमाडौंको तयारी सुरु

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । जिल्ला समन्वय समिति काठमाडौंले, स्टार्टअप वल्र्ड कपमा सहभागिता जनाउन आवश्यक तयारी थालेको छ ।
आइतवार काठमाडौं जिल्लाका दश नगरपालिका र एउटा महानगरपालिका प्रमुखसंग अन्तरक्रिया कार्यक्रममा समितिले प्रत्येक नगरपालिका स्टार्टअप कप प्रतिश्पर्धा गर्न लागेको जानकारी दिएको हो ।

काठमाडौंका ११ वटै नगरपालिकामा आन्तरिक प्रतिश्पर्धा गराएर शीर्ष हुनेबीच नगरपालिका स्तरमा पुन प्रतिश्पर्धा गराईने जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोलीले जानकारी दिए ।

अन्तराष्ट्रिय तहमा स्टार्टअपमा प्रतिनिधित्व गर्नका लागि आन्तरिक प्रतिपश्र्धा गराउन लागिएको उनले बताए । उनले भने ‘आफ्नो लोकल कम्युनिटी, पालिकाको लागि र अन्तराष्ट्रिय तहमा सहभागि हुनको लागि हामीले प्रतिस्पर्धा गदैछौं । यो पहिलो चरणमा हामीले प्रत्येक पालिकामा प्रतिस्पर्धा गर्ने छौं ।

जसमा ११ वटै पालिकाबाट हामीले सहभागिता जनाएर ११ वटा पालिका बीच प्रत्येक पालिकाको विजेतालाई घोषणा गर्ने र अन्तीममा ११ वटा पालिकाबीच फेरि प्रतिस्पर्धा गराएर एक जना विजयीलाई अमेरीकाको सिलिकन भ्यालीमा हुन लागेको स्टाटप ओल्डकप २०२३ त्यसको लागि नेपालको तर्फबाट सहभागी गराउने गरी अगाडि बढिरहेका छौँ ।’

फाईनलमा पुगेका टप १० मध्येबाट विजेता १ जना कालिफोर्नियाको सिलिकन भ्यालीमा हुने फाईनलमा सहभागी हुन पाउने छन् ।
गत बर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लगडाउनले गर्दा स्टार्टअप वल्र्डकपको नेपाल क्षेत्रीय प्रतिश्पर्धा अनलाईन गरिएको थियो ।

अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वल्र्डकपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वल्र्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वल्र्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपाल मार्फत वल्र्डकप नेपालमा भित्र्याएको हो ।

अमेरिकामा हुने ग्लोबल फिनालेमा विजयी हुने स्टार्टअपले एक मिलियन डलर (१३ करोड नेपाली रुपैया बराबर) लगानी पुरस्कार पाउने छ ।

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण विधा हो : डा.अनुप थापा

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२६

काठमाडौं । प्लास्टिक सर्जरीलाई नेपालमा अझै पनि धेरैले केवल सौन्दर्यसँग...

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी बजेट र ‘डिजिटल’ कक्षाकोठा

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२१

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने...

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...