IME Life
NIMB

विश्व बालश्रम विरुद्धको अन्तराष्ट्रिय दिवस, नेपालमा पनि मनाइंदै

NIMB
Himalayan Bank

 

काठमाडौं । आज विश्व बाल श्रम विरुद्धको दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदैं छ ।

यस वर्ष ‘बालश्रम विरुद्धको एक हप्ते पैरवीको सुरुवात र निरन्तरता’ भन्ने नाराका साथ विश्व बाल श्रम विरुद्धको दिवस विश्वभर मनाउन लागिएको हो ।

विश्व बाल श्रम विरुद्ध सरकार, रोजगारदाता, श्रमिक सङ्गठनहरू, नागरिक समाज, साथै विश्वभरका लाखौँ मानिसहरूलाई बाल श्रमिकहरूको उद्दार तथा उनीहरूलाई मद्दत गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ ।

सन् १९९० मा नेपालले संयुक्त राष्ट्र संघको बाल अधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर बाल श्रम विरुद्धको विविध कार्य सञ्चालन गरी बालबालिकाको हक अधिकार सम्बन्धी कार्य गर्दै अएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओले पनि सन् २००२ बाट यो अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको हो ।

नेपालमा पनि बालश्रमका घटनाहरु धेरै हुने गरेको पाइन्छ । केही वर्ष यता झन्डै एक लाखको दरले बालश्रम घट्दै गए पनि अझै ५ देखि १७ वर्षसम्मका ११ लाख बालबालिका बालश्रममा रहेको तथ्यांक छ । ती मध्ये २ लाख २२ हजार ४ सय ९३ जना जोखिमपूर्ण काममा संलग्न रहेको अनुमान गरिएको छ ।

नेपालमा कुल बाल श्रमको ८५ प्रतिशतभन्दा बढी कृषि क्षेत्रले ओगटेको आकंलन छ ।

नेपालमा रहेको मानव अधिकार तथा ओसारपसार नियन्त्रण ऐन २००७, नागरिक अधिकार सम्बन्धी ऐन १९९५, बालबालिका सम्बन्धी ऐन १९९२, बालश्रम प्रतिबन्ध तथा नियमित ऐन २००० र कमैया श्रम ऐन २००२ ले नेपालमा बालश्रमलाई अवैध मान्दै बाल अधिकारलाई सुनिश्चित गरेको छ ।

 

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...