IME Life
NIMB

लाभांश पारित गर्न नेपाल पुनर्बीमा कम्पनीले बोलायो वार्षिक साधारणसभा

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले असार १५ गते साढे ११ बजे काठमाडौंमा साधारण सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७८र७९का लागि प्रस्तावित ४।७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश पारित गर्नेछ । बोनस सेयर वितरणपछि जारीपुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

यस्तै, सभाले आर्थिक वर्ष २०७८र७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९र८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार ६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...