CG Electronics
IME Life
Ncell NPL

कफी क्षेत्रको विकास प्रवद्र्धनका लागि कफी सम्मेलन तथा प्रदर्शनी हुने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघले राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी–२०८० को आयोजना गर्ने भएको छ ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका महासचिव सन्तोष पोखरेल सरोकारवालाहरुलाई अवसरहरुको खोजी गर्न, ज्ञान बाँडन र नेपालको कफी क्षेत्र विकास प्रर्वद्धन गर्न, एकीकृत गर्ने उदेश्यले राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनी गर्न लागिएको जानकारी गराए ।

उनले भने ‘हाम्रा पाखा बारीहरु बाझै हुने युवाहरु विदेश पलायन हुने अवस्था छ । धान कोदो मासेर कफी खेती गर भन्न सक्नु पर्यो । पाखाबारीमा कुटोले खनेर रोप्दा पनि उम्रन्छ भनेर भन्नु भएन । हामीले अलिकति वैज्ञानिक ढङगबाट कसरी सुरक्षित गराउन सकिन्छ, कसरी बढि भन्दा बढि कफीको वास्तविकता विधि विज्ञानलाई बताउन सकिन्छ भनेर हामीले टेक्निकल सेक्सन गरेको छौं ।’

राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी २०८० मा कफीको आन्तरिक एवं वाह्य बजार प्रवद्र्धन गर्ने, कफी क्षेत्र विकास प्रवद्र्धनका लागि आवश्यक नीति तथा ऐन उपरको पैरवी अन्र्तक्रिया, उद्यमी व्यवसायीको आफ्ना उत्पादनहरु, सेवाहरुको प्रर्दशनी, कफीको राष्ट्रिय विद्यागत प्रतिष्पर्धा र पुरस्कार ९क्याफे वारिस्ता, जाते आट र कफी लगायत कफीको मूल्य श्रृंखला अनुरूप विविध विषयका वर्तमान अवस्था र वस्तुस्थितिलाई सम्बोधन हुने गरि आयोजना गरिएको पनि महासचिव पोखरेलले बताए ।

यस राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी २०८० नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, युरोपियन युनियन व्यापार तथा लगानी परियोजान र इन्टरनेशनल ट्रे सेन्टरको सहकार्य एवं समन्वयमा आयोजना हुन लागेको हो ।

सम्मेलन मिति २०८० साल असार ०२ देखि ०५ गते सम्म काठमाडौको नयाँबजार सासा बैंक्वेटमा हुनेछ ।

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण विधा हो : डा.अनुप थापा

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२६

काठमाडौं । प्लास्टिक सर्जरीलाई नेपालमा अझै पनि धेरैले केवल सौन्दर्यसँग...

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी बजेट र ‘डिजिटल’ कक्षाकोठा

काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२१

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने...

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...