CG Electronics
IME Life
Ncell NPL

प्राधिकरणले आवश्यक पर्दा मात्रै बिजुली किन्दा लगानीकर्ता समस्यामा, अध्यक्ष ढकाल

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राधिकरणले आफ्नो अनुकूल बिजुली किन्ने गरेकोले उत्पादित सबै बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेट्न महासङ्घको पदाधिकारीसहित ऊर्जा मन्त्रालयमा पुग्नुभएका ढकालले
दोर्दी करिडोरमा प्रसारण लाइनको समस्याका कारण सञ्चालित आयोजना पूर्ण क्षमता चल्न नसकेको बताउनुभयो ।

अध्यक्ष ढकालले निजी क्षेत्रलाई विद्युत उत्पादनमा लगानीका लागि सरकारले उत्प्रेरित गर्न ऊर्जामन्त्रीलाई आग्रह समेत गर्नुभयो ।

यस्तै, उद्योगी व्यवसायीले भोल्टेजको समस्या भोगिरहेका तथा पटकपटक बत्ती काटिदा औद्योगिक क्षमता घटेको र उपकरणमा समस्या देखिएको भन्दै तत्काल समाधान गर्न अध्यक्ष ढकालले आग्रह गर्नुभएको छ।

अध्यक्ष ढकालले वैदेशिक लगानी भित्र्याउनका लागि निजी क्षेत्रले सार्थक पहल गरिरहेको जानकारी दिनुभयो ।

सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले मन्त्री बस्नेतलाई ऊर्जा उद्यमीले बेहोर्नुपरेको समस्या समेटिएको ज्ञापनपत्रसमेत बुझाउनु भएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिकरुपमा समाधान गर्ने बताउनुभयो ।

उहाँले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै सबै समस्याको निरुपण हुने बताउनुभयो ।
सरकार र निजी क्षेत्रको सार्थक प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको बृहत्तर विकास र विस्तार हुने तथा नयाँ अवसरको सिर्जना हुनेसमेत मन्त्री बस्नेतको भनाइ छ

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ को सफल आरोहण

५ हजार ५७० मिटर उचाइमा रहेको ‘जुगल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:१५

  काठमाडौं । काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलाभित्र...

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:०८

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय...

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको हर्क राइको आरोप

सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:००

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)...

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ : रवि लामिछाने

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ :...

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेले जनताको...

इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेश

इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेश

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:३६

काठमाडौं । तेहरानले क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले पाकिस्तानमार्फत अमेरिकासमक्ष...

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:११

  सुर्खेत । कर्णालीमा कक्षा १२ को परीक्षामा २४ हजार...