ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा क्यूआरमार्फत पेमेन्ट गर्दा १५ प्रतिशत छुट
Monday Aug 14, 2023
वि.सं.२०८० साउन २९ सोमवार १९:५५
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले मेट्रो मार्टमा क्यूआरमार्फत पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
काठमाडौं उपत्यका भित्रका स्टोरहरूबाट सामान किन्दा ग्राहकले यस्तो छुट पाउने बैंकले बताएको छ ।
‘ग्लोबल आइएमई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’बाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइनेछ’, बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एक पटकको खरिदमा दुई सय रूपैयाँसम्म र योजना अवधिभर पाँच सय रूपैयाँसम्म छुट पाइने बैंकले बताएको छ ।
यो योजना सिमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुने बताइएको छ ।
ग्लोबल आइएमई बैंकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको छ । बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेतबाट बैंकिङ सेवा दिइरहेको बताएको छ ।




























