CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ६ बुधवार

skip this CURRENT

टिम बलियो बनाउँदै एनआरएनए अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठ

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ महाधिवेशन नजिकिँदै जाँदा टिम बलियो बनाउन अध्यक्षका प्रत्यासीहरू सक्रिय भएका छन् ।

संस्थाको नेतृत्व हात पार्न एकपछि अर्का अध्यक्षका उम्मेदवारले प्रतिबद्धता पत्र सार्वजनिक र औपचारिक रूपमा उम्मेदवारी घोषणा गरे सँगै आफ्नो टिमलाई बलियो बनाउने प्रयास थालेका छन् ।

एनआरएनएको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा पाँच जनाको दाबी छ ।

अध्यक्षको उम्मेदवारी घोषणा गरेका महेशकुमार श्रेष्ठले आफ्नो टिम थप सशक्त र बलियो बनाउँदै लगेका छन् । संस्थाको दोस्रो प्रभावशाली पद मानिएको महासचिवमा गंगाधर गौतमले वुद्धिसागर सुवेदीलाई समर्थन गरेपछि टिम महेशलाई महासचिव पद व्यवस्थापन सहज भएको छ ।

उपाध्यक्ष पदमा बलिया मानिएका प्रत्याशीहरू टिम महेशमा जोडिएका छन् । लामो समयको छलफल र सहमति पछि बलियो पृष्ठभूमि र प्रभावशाली सञ्जाल भएका उपाध्यक्षका दाबेदारहरू टिम महेशलाई समर्थन गर्न राजी भएका हुन ।

विधानमा ६ जना खुला र एक महिला उपाध्यक्षको व्यवस्था छ । जसअनुसार ६ खुल्ला उपाध्यक्ष पदमा लगभग सहमति जुटेको छ । महिला र युवा उपाध्यक्षमा पनि सहमति जुटाउने प्रयास जारी रहेको अध्यक्षका प्रत्याशी महेश श्रेष्ठको सचिवालयले जनाएको छ ।

महेशको टिमबाट डा. केशव पौडेल, सुनिल साह, गंगाधर गौतम, नारायण आचार्य र राजु रेग्मी ‘राज’ ले उपाध्यक्षमा उम्मेदवारी दिने पक्का भएको छ । अन्य पदमा पनि क्षेत्र, लिङ्ग साथै समावेशीका आधारमा उम्मेदवारी टुङ्गो लगाउने कसरत जारी छ ।

महेशको टिम व्यवस्थापन र उम्मेदवारको टुङ्गो लगाउन एनआरएनएका संस्थापकहरू, पूर्व अध्यक्षहरू र विशिष्ट पहिचान बनाएका एनआरएनएका अग्रज अभियन्ताहरूले कसरत गरिरहेका छन् ।

१०औँ महाधिवेशन ताका विभाजित जस्तै बनेको एनआरएनएलाई एकताबद्ध बनाएर लैजान संस्थापक एवम् पूर्व अध्यक्षहरूले समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् ।

१०औँ महाधिवेशनमा कार्यकारी पदमा अवसर पाएका पदाधिकारीहरूले यसपटक नदोहार्¥याउन र संस्थालाई एक ढिक्का बनाएर लैजाने गरी संस्थापकहरूले आन्तरिक कसरत गरिरहेको बुझिएको छ । समय दिन सक्ने साथै निष्कलंकित व्यक्तिलाई नेतृत्वमा पुर्याउन उनीहरूको जोड छ ।

समुन्नत नेपाल, सम्मानित गैर आवासीय नेपाली’ भन्ने मूल नाराका साथ टिम महेश चुनावी प्रतिस्पर्धामा छ । संस्थाको नीतिगत सुधारका लागि उनले पाँच बुँदे योजना अघि सारेका छन् ।

साताअघि जापान भ्रमण सकेर अध्यक्षका उम्मेदवार श्रेष्ठ र महासचिवका उम्मेदवार सुवेदी हाल मध्य पूर्वी एसियाको भ्रमणमा निस्किएका छन् ।

एसिया प्यासिफिक र मध्यपूर्व क्षेत्रमा बस्ने डेलिगेट्स वा गैर आवासीय नेपालीहरूमाझ आफ्नो पक्षमा समर्थन जुटाउन, योजना बनाउन साथै सल्लाह र सुझाव लिन श्रेष्ठ र सुवेदी भ्रमणमा निस्केका हुन् ।

एनआरएनएको चुनाव अक्टोबर १९ मा काठमाडौँमा हुँदै छ । नयाँ नेतृत्व चयनका लागि यस पटक इ–भोटिङ र भौतिक उपस्थिति दुवैको व्यवस्था गरिएको छ ।

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको अभ्यास कि निजी क्षेत्रमा त्रास ?

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको...

वि.सं.२०८३ जेठ ४ सोमवार १२:३७

  सुरेन्द्र सुवेदी/काठमाडौ पछिल्लो समय नेपालका स्थापित उद्योगी, व्यवसायी र...

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी गुनासोको समाधान प्रक्रियामा तीव्रता

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी...

वि.सं.२०८३ जेठ ४ सोमवार १०:४१

काठमाडौं । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा...

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख ‘भेप’ रहेको आशंका

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख...

वि.सं.२०८३ जेठ २ शनिवार १६:५६

काठमाडौँ । भन्सार विभाग ले कोरोला नाकाबाट हिजो राति करिब...

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...