CG Electronics
IME Life
NIMB

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई अन्तर्राष्ट्रिय ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्ड

NIMB
Himalayan Bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर – नेपाल’ बाट सम्मानित भएको छ ।

यो पुरस्कार इन्डियन च्याम्बर अफ कमर्स द्वारा थाइल्यान्डको बैंकक मा आयोजित भव्य समारोहबीच घोषणा गरिएको हो ।

आयोजकबाट प्राप्त आधिकारिक ट्रफी तथा प्रमाणपत्र कम्पनीको केन्द्रीय कार्यालयमा हर्षोल्लासका साथ ग्रहण गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त सम्मानले सिटिजन लाइफको सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा, परिष्कृत डिजिटल प्रविधि तथा आम नागरिकमाझ जीवन बीमाको पहुँच विस्तारमा खेलेको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा पुनः प्रमाणित गरेको छ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले ग्राहकहरूको अटुट विश्वास, अभिकर्ता तथा कर्मचारीहरूको मेहनतकै प्रतिफलस्वरूप यो सफलता प्राप्त भएको बताएका छन् । उनले यो सम्मान सम्पूर्ण सिटिजन परिवार र शुभचिन्तकहरूमा समर्पित रहेको उल्लेख गरे ।

कम्पनीले आगामी दिनमा पनि आफ्ना सेवाहरूलाई अझ सुरक्षित, भरपर्दो, आधुनिक तथा प्रविधिमैत्री बनाउँदै हरेक नेपालीको सुख–दुःखको सारथी बन्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...