CG Electronics
IME Life
Ncell NPL

घाना, तान्जानिया र अर्जेन्टिनाका प्रतिनिधिहरु भक्तपुर भ्रमणमा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग घाना, तान्जानिया र अर्जेन्टिनाका प्रतिनिधि टोलीले मंगलबार भेट ग¥यो ।

टोलीलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धनलगायतका क्षेत्रमा गरिरहेको अभ्यासबारे अवगत गराउँदै नेपाली र अफ्रिकी जनता फरक फरक महादेशमा भए पनि साम्राज्यवाद र विस्तारवाद विरोधी भावनामा समानता भएको बताउनुभयो ।

उहाँले अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एनक्रोमा घानाको मात्रै नभई अफ्रिकी महादेशकै नेता र साम्राज्यवाद तथा उपनिवेशवादविरोधी योद्धाको रुपमा नेपाली जनता परिचित छन् भन्नुभयो ।

सुन र हिराको देशको रुपमा परिचित घानाको प्राकृतिक स्रोत र साधन साम्राज्यवादीहरुको नियन्त्रणमा भएजस्तै नेपालको जलस्रोतलगायत प्राकृतिक स्रोत र साधन भारतीय विस्तारवादले कब्जामा पर्दै गएको उहाँले जानकारी दिनुभयो ।

साम्राज्यवादी मुलुकहरुले अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक, विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुलाई नवउदारवादी नीति अवलम्बन गरी साना र कमजोर देशहरु कब्जा गर्न हतियारको रुपमा प्रयोग गरिरहेको स्मरण गर्नुभयो ।

प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका पुरातात्विक र सांस्कृतिक हिसाबले महत्वपूर्ण नगर भएको बताउँदै २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माण कार्य विदेशीहरुको सहयोगविना जनस्तरबाट सम्पन्न गर्न सफल भएको बताउनुभयो ।

भक्तपुर किसानहरुको बाहुल्यता भएको नगर भएको बताउँदै भक्तपुर नपाले किसानहरुलाई लक्षित गरी तालिम सञ्चालन, उन्नत जातका वीउविजन वितरण, मल वितरणलगायतका गतिविधिलाई निरन्तारता दिँदै आएको उहाँले बताउनुभयो ।

नेमकिपाले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्नुपर्नेमा जोड दिँदै आएको उहाँले बताउनुभयो ।

बाओबाबका प्रमुख थियोडोरा पिउस लिंगोले नेपाल र नेपालीहरुको अतिथि सत्कारबाट अत्यन्त प्रभावित भएको बताउँदै भक्तपुर नगरपालिकाले आत्मनिर्भरतालाई जोड दिँदै जनताको सेवा गर्ने कार्य संसारका अन्य सहरहरुको लागि समेत प्रेरणा दिने गर्ने विचार व्यक्त गर्नुभयो ।

विदेशीहरुको सहयोगविना भूकम्पले क्षति पु¥याएका भक्तपुरका सम्पदाहरु भक्तपुरका जनताको सहयोगबाटै पुनःनिर्माण गरेको जानकारी पाउँदा हामी हर्षित छौं भन्नुभयो ।

भेटमा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवाल, घाना, तान्जानिया र अर्जेन्टिनाका प्रतिनिधि, प्रमेश पोखरेलको पनि उपस्थिति रहेको थियो ।

भेटपश्चात टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरु र अस्पतालको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:२१

जाजरकोट। पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू...

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने महासंघको चेतावनी

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:१०

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ ले निर्माण उद्योग गम्भीर...

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:०५

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ।...

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:२१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब : सचिव राउत

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर...