CG Electronics
IME Life
Ncell NPL

ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।

आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप सम्मान पत्र प्रदान गर्नुभएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड विभिन्न सूचकहरुमा नेपालको सबैभन्दा ठुलो बैंकको रुपमा स्थापित छ । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोबार सुरुवात गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ्ग यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ ।

आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गरी कार्यसम्पादन गर्दै आईरहेको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ्ग सेवा तथा सुविधाको पहुच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४२ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५३

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको...

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२

  काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी...