उर्जा सचिव घिमिरे र सेनाका उपरथि पाण्डेको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत
Thursday Nov 23, 2023
वि.सं.२०८० मंसिर ७ बिहीवार १४:०५
काठमाडौं । ऊर्जा सचिव दिनेश घिमिरेको राजीनामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।
यस्तै नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण देखाई दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।
उनले राजिनामा २०८०/०७/२४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।
बिहीबारको मन्त्रिपरिषद्ले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्विस फ्रेंक ४=४६५ मिलियन -करिब ६५ करोड_ अनुदान लिने निर्णय गरेको छ ।



























