CG Electronics
IME Life
Ncell NPL

प्राथमिकताको क्षेत्रमा मात्रै खर्च गर्ने नीति छ : अर्थमन्त्री महत

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले जथाभावी बजेट विनियोजन नगरी प्राथमिकताको क्षेत्रमा खर्च गर्ने नीति लिएको बताएका छन् ।

राष्ट्रिय कर दिवस २०८० कर सप्ताह समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

दिर्घकालिन रुपमा कुन क्षेत्रमा अवसर छ र कुन क्षेत्रमा फाइदा आउने सम्भावना हुन्छ, त्यही हिसाबमा लगानी गर्नुपर्ने अर्थमन्त्री महतको भनाइ छ ।

‘आँखा चिम्लेर मैले ऋण लिएँ, लिएपछि भोलि फिर्ता गर्नुपर्दैन जस्तो गरेर त्यसमा नलागौं’ उनले भने ।

बजेट विनियोजन गर्दा अनुशासन कायम गर्ने, जथाभावी विनियोजन नगर्ने, प्राथमिकताको क्षेत्रमा खर्च गर्ने नीति लिइसकेको भन्दै अर्थमन्त्री महतले भने, ‘त्यसको नतिजा विस्तारै आउँदैछ । हाम्रो संरचनामा उदासिनता छ, यस्तै हो भन्ने प्रवृत्ति छ त्यसलाई तोडेर हिँड्नका लागि समय लाग्दोरहेछ । हामी निजी, सरकारी, बाहिर भित्र नभनीकन एउटा लयमा काम गरौं यसले नतिजा आउँछ ।’

राजस्वको संरचना परिवर्तन भइरहेको भन्दै उनले आन्तरिक कारोबार पनि अनलाइन र डिजिटल हुन थालेको बताए ।

उनले भने, ‘अब पुरानो सोचबाट भएन, पुरानो व्यवसायहरु हराउँदै गइरहेका छन्, अनलाइन व्यवसायहरु बढ्न थालेका छन् । जसरी व्यवसायको संरचना परिवर्तन भयो त्यसैगरी करको संरचना पनि परिवर्तन हुँदैछ ।’

निजी क्षेत्रसहित सबै मिलेर देशको अर्थतन्त्र सुधार गर्नु आवश्यक रहेको भन्दै उनले आन्तरिक राजस्वको आधारमा विनिमयको जिम्मेवारीमा ठूलो चुनौती रहेको उल्लेख गरे ।

पछिल्लो समय देशको अर्थतन्त्र सुधारको अवस्थातर्फ लागेको दाबी पनि अर्थमन्त्री महतले गरे ।

रोजगारी सिर्जना गर्ने, उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले, ठूलो लगानी सम्मेलनको तयारी भइरहेको उल्लेख गर्दै उनले सम्मेलनमा बाहिरबाट ल्याउने मात्रै नभइ देशभित्रका लगानीकर्ताहरुलाई कहाँ–कहाँ सहजता गर्नुपर्ने हो, त्यो गर्न तयार रहेको उनले बताए ।

उनले भने, ‘हामी यो यो गर्छौ भन्ने कुरा पनि प्रस्तावसहित आए आन्तरिक लगानी र बाह्य लगानी पनि बढाउने योजनाका साथ हामी जाँदै छौं ।’

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...

आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : हिमाली र पहाडी भूभागका...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:४८

  काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय...

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...