CG Electronics
IME Life
Ncell NPL

इजरायल–हमास द्वन्द्वमा युद्धविराम पालना भएन

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । इजरायल–हमासबीच जारी द्वन्द्वमा युद्धविराम भएको घोषणा गरिए पनि इजरायली सेनाले गाजा पट्टीमा बम आक्रमणलाई निरन्तरता दिएको छ ।

प्यालेस्टाइन क्रोनिकलको रिपोर्टका अनुसार गाजाको सरकारी मिडिया कार्यालयका प्रमुख इस्माइल अल–थवाबाताले गाजामा विगत २४ घण्टामा २०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन् । यो सम्झौतालाई इजरायली सरकारले बुधबार प्रारम्भमा अनुमोदन गरेको थियो र यो बिहीबारदेखि लागू हुने अपेक्षा गरिएको थियो ।

एम्बुलेन्स र सिभिल डिफेन्स टोलीहरूले बिहीबार बिहान गाजा सहरको पूर्वमा रहेको शेजाइयामा १० घरहरूलाई लक्षित गरी भएको बम विस्फोट भएको थियो । त्यसमा ३० जना घाइते भएको जनाइएको छ ।

जब इजरायली युद्ध विमानहरूले गाजा सहरको शेख रदवान छिमेकमा दुईवटा घरहरूलाई निसाना बनाउँदा कम्तिमा १० प्यालेस्टाइनी मारिएका छन् भने धेरै घाइते भएका छन् ।

इजरायली सेनाले बिहान उत्तरी गाजामा भएको अर्को आक्रमणमा उत्तरपूर्वी गाजाको जबलिया शिविरका ६० जनाभन्दा बढीको मृत्यु भएको छ ।

एएफपीका अनुसार इजरायली अधिकारीहरूले दुई पक्षबीच युद्धविराममा सहमति भए पनि शुक्रबारभन्दा पहिले गाजामा लडाइँको अन्त्य नहुने र हमासले बन्धक बनाएकाहरूलाई रिहा नगरिने बताएका छन् ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले दक्षिणी इजरायलमा अक्टोबर ७ मा हमासको हमलामा पक्राउ परेका कुनै पनि बन्धकलाई शुक्रबारअघि रिहा गरिने छैन भनेपछि अधिकारीहरूको टिप्पणी आएको हो ।

 

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...

आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : हिमाली र पहाडी भूभागका...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:४८

  काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय...

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...