IME Life
NIMB

नेपाल सुपर लिगको दोस्रो संस्करण आजबाट

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल सुपर लिग -एनएसएल_ को दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले कोभिड संक्रमणको समय (२०७८) मा बिना दर्शक आयोजना गरेको पहिलो संस्करणको सफलतापछि आजबाट दोस्रो संस्करण सुरु गराउँदै छ ।

काठमाडौंको दशरथ रंगशालामा लिगको उद्घाटन समारोहमा लोकप्रिय गायक सुशान्त केसीले सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।

यसबाहेक दर्शकहरुका लागि मनोरन्जनात्मक कार्यक्रम, फुड स्टललगायत अन्य व्यवस्था गरिने नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयान्श कार्कीले जानकारी दिएका छन् ।

आयोजकले यो संस्करणका खेलमा दर्शकको साथ पाउने अपेक्षा गरेको छ । नेपाली फुटबलको विकास गर्ने लक्ष्यसहित सञ्चालित एनएसएलमा दर्शकको उपस्थितिले लिग भव्य हुने बुधबार पत्रकार सम्मेलनमार्फत कार्कीले जानकारी गराएका हुन् ।

लिगमा पहिलो संस्करणको तुलनामा खेल संख्या बढेकोले ९ टोलीले ४० वटा खेल खेल्नेछन् ।
लिगका खेल हेर्न दर्शकले अनलाइन टिकट काट्न सक्ने छन् । रंगशालाको सामान्यतर्फ २ सय र भीआइपीतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ ।

उपाधि विजेताले प्राप्त गर्ने रकम आयोजकले तोकेको छैन, दर्शकको उपस्थितिले नै निर्धारण हुने कार्कीले जनाए ।

आज पहिलो संस्करणको च्याम्पिएन टिम काठमाडौं रेजर्स र नयाँ टिम स्पोर्टिङ इलाम एफसीबीच पहिलो खेल हुँदै छ । खेल साँझ ६ बजे सुरु हुनेछ ।

 

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...