CG Electronics
IME Life
Ncell NPL

एनसेलको शेयर खरिद बिक्री छानबिन सुरु

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सरकारले निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री छानबिन गर्न गठित समितिले काम थालेको छ । समिति संयोजक टंकमणि शर्मा दंगालले आइतबार विज्ञप्ति जारी गर्दै ३० दिनभित्र प्रतिवेदन पेस गर्न सरकारले दिएको कार्यादेशअनुसार काम थालिएको जनाएका छन् ।

बहुराष्ट्रिय कम्पनी एनसेलको ८० प्रतिशत शेयर मलेसियन लगानीकर्ता आजियाटा समूहले विदेशमै बिक्री गरेको खबर बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा बैठक गरेका थिए । बैठकलगत्तै सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को गत बिहीबारको निर्णयानुसार एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा, प्रचलित नेपाल कानूनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्नसक्ने असर लगायतका विषयमा अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन भई कार्यादेश प्राप्त भएको शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अध्ययन तथा छानविन समितिले आइतबारदेखि नै काम थालेको उनले उल्लेख गरेका छन् । कार्यदेशभित्र रही तोकिएको समयसीमा भित्र समितिले अध्ययन तथा छानविन गरी सुझावसहितको प्रतिवेदन नेपाल सरकारलाई बुझाउने पनि विज्ञप्तिमा छ ।

समितिले सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरू, सरकारी अधिकारीहरू, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने भएको छ । साथै कागजात तथा जानकारी प्राप्त गर्न सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघसंस्था र व्यक्तिहरूसँग समेत आवश्यकताअनुसार छलफल गरी राय सुझाव लिने भएको छ ।

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...

आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : हिमाली र पहाडी भूभागका...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:४८

  काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय...

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...