CG Electronics
IME Life
Ncell NPL

मंसिर २८ देखि २०औं हस्तकला व्यापार मेला

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमार्डौंं । नेपाल हस्तकला महासंघले मंसिर २८ देखि पुस २ गतेसम्म २०औं हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

महासंघले सोमबार काठमाडौंमा सम्मेलन गरीहोटेल डेल अन्नपूर्ण, दरबारमार्गमा मेला तथा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

उद्यमीहरुलाई प्रोत्साहित गर्ने, स्वदेशी र विदेशी क्रेता तथा बिक्रेताबीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञान आदानप्रदान गर्ने मेलाको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

‘उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तरराष्ट्रिय बजारका आयातकर्ताहरुको चाहनाअनुरुप वस्तु डिजाइन र रंग संयोजनका बारेमा उद्यमी–व्यवसायीहरुमा जानकारी आदानप्रदान गर्ने स्वदेशी र विदेशी क्रेता तथा बिक्रेताबीच सीप, प्रविधि, डिजाइन र ज्ञानको आदानप्रदान गर्ने मेलाको मुख्य उद्देश्य छ’ आयोजकले भनेको छ ।

मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हुने आयोजकले जनाएको छ ।

मेलामा हस्तकलाका वस्तुहरुको करिब १३० वटा स्टलहरु रहने छन् । विदेशी प्रदर्शनीकर्तामा पकिस्तान, बांगलादेशबाट व्यापारीहरुको सहभागिता रहने जनाइएको छ ।

व्यापार मेलामा महासंघका सदस्य विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिल्ला हस्तकला संघ र बस्तुगत संघहरु समेतको सहभागिता रहने छ ।

मेलामा प्याभिलियनमार्फत बागमति प्रदेश प्याभिलियन, ललितपुर महानगरपालिका प्याभिलियन, महासंघको बस्तुगत संघहरु र काठमाडौं महानगरपालिका तथा ललितपुर महानगरपालिका विभिन्न वडाहरुको समूहको प्रदर्शनी पनि रहने छ ।

यस्तै, विभिन्न स्टलमा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा आदि हस्तकला सामानहरुको प्रदर्शनी गरिने भएको छ ।

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...

आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : हिमाली र पहाडी भूभागका...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:४८

  काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय...

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...