CG Electronics
IME Life
NIMB

दरबारको पूर्वीद्वारमा फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुल्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । काठमाडौंका सौन्दर्य पारखीहरुको आधुनिक अपेक्षालाई पूरा गर्ने उद्देश्यका साथ नारायणचौर नक्सालमा (दरबारको पूर्वीद्वारको नजिकै) फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुलेको छ । भारतकी चर्चित सुन्दरी मिस भारत २०२३ नन्दिनी गुप्ताले सोमबार एक समारोहका बीच उक्त स्टुडियोको समुद्घाटन गरिन् । समुद्घाटनमा मिस नेपाललगायतका सौन्दर्य पारखीहरुको उपस्थिति थियो ।

भारतका शहरी युवती र महिलाहरुमाझ विगत साठी वर्षभन्दा बढी समयदेखि फेसन, जीवनशैली र सौन्दर्यका क्षेत्रमा अमिट छाप छोड्दै आएको म्यागजिन हो फेमिना । यसले भारतको सौन्दर्य, फेशन र आधुनिक जीवनशैलीमा ठूलो रुपान्तरण ल्याइदिएको छ । साथै यसले महिलाहरुको बहुआयमिक व्यक्तित्व विकासमा उल्लेखनीय काम गरेको छ ।

 

सन् २०२३ मा फेमिना मिस भारत ताज जितेकी नन्दिनी मिस भारत वल्र्ड २०२३ पनि हुन् । निमन्त्रणालाई सहर्ष स्वीकार गरी काठमाडौंमा सौन्दर्य पारखीहरुको एउटा संग्राहलय जस्तो मानिने फेमिना फ्ल्न्ट स्टुडियो सलुनको सम्द्घाटन गरिदिएकोमा मिस भारत नन्दिनी प्रति हार्दिक आभार प्रकट गरिएको छ ।

काठमाडौंको जे एण्ड के स्टुडियो प्रालि र सौन्दर्य प्रशाधनका क्षेत्रमा लामो इतिहास बोकेको फेमिना ब्राण्डको होल्डिङ समूह भारतको चर्चित टाइम्स इण्डिया ग्रुपसँगको सहकार्यमा फेमिना फ्ल्न्ट स्टुडियो सलुन स्थापना गरिएको हो । यस्तो सेवा विश्व बजारमा विस्तार गर्दै लैजाने अभियानको प्रारम्भिक शुभारम्भ नेपालबाट गरेकोमा पनि हामी गौरवान्वित महसुस गरिरहेको बताईएको छ ।

उपभोक्ताहरु स्वास्थ्य र गुणस्तरमा चनाखो हुन थालेकोले समयको मागलाई दृष्टिगत गरी फेमिना फ्ल्न्ट स्टुडियो सलुन स्थापना गरिएको प्रवन्ध निर्देशक कुशुमाञ्जली केसी श्रेष्ठले बताएका छन् ।

 

श्रेष्ठका अनुसार यो स्टुडियो सौन्दर्य प्रशाधनका क्षेत्रमा एउटा एकेडेमीको रुपमा रहनेछ र यसले यस क्षेत्रमा अन्तर्राष्ट्रिय गुणस्तरीय प्रमाणपत्र पनि दिने सोच राखेको छ । निचोडमा यस स्टुडियोको स्थापनापछि नेपालको सौन्दर्य पारखीहरुका चाहना पूरा हुनुका साथै सौन्दर्य फेशन र जीवनशैलीसँग सम्वन्धित यो उद्योगले एउटा नयाँ उचाई हासिल गर्ने प्रवन्ध निर्देशक कुशुमाञ्जली केसी श्रेष्ठले बताएका छन् ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...