CG Electronics
IME Life
Ncell NPL

चौधरी ग्रुपद्वारा गत आर्थिक बर्षमा १६ अर्ब १४ करोड रूपैयाँ राजस्व बुझायो

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । चौधरी ग्रुपले गत आर्थिक वर्षमा १६ अर्ब १४ करोड रूपैयाँ भन्दा बढी कर तिरेको तथ्यांक सार्वजनिक गरेको छ।

 

ग्रुप अन्तर्गतका विभिन्न कम्पनीबाट नेपालको कुल कर राजस्वमा १.८७ प्रतिशत योगदान गरेको विवरण सार्वजनिक गरिएको हो। गत वर्ष नेपाल सरकारले कर राजस्व (गैर कर र अन्य प्राप्ति बाहेकको राजस्व) आठ खर्ब ४५ अर्ब रूपैयाँ संकलन गरेको थियो।

चौधरी ग्रुपद्वारा सञ्चालित विभिन्न कम्पनीको एकमुष्ट राजस्व गर्दा सबैभन्दा बढी योगदान गरेको बताइएको छ। ‘चौधरी ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको हाम्रो अनुमान छ,’ चौधरी ग्रुपका प्रवक्ता मधुसुदन पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आर्थिक वर्ष २०७८-७९ मा यो ग्रुपले बुझाएको राजस्वको तुलनामा भने गत वर्ष घटेको छ। आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको कारण व्यवसायमा प्रभाव पर्न गएकोले आर्थिक वर्ष २०७८-७९ को तुलनामा घटेको बताइएको छ।

आर्थिक वर्ष २०७८-७९ मा यो ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको उल्लेख गरिएको छ।

‘देशको समग्र अर्थतन्त्र मन्दीबाट गुज्रिरहदा र सरकारको कुल राजस्व संकुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको छ। राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा हामीलाई सन्तोष लागेको छ,’ चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘हामीले नेपालमा द्रुत गतिमा लगानी विस्तार गरिरहेका छौँ र त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्नेछ भन्नेमा हाम्रो विश्वास छ।

अध्यक्ष चौधरीले नेपालमा लगानीको वातावरणमा सुधार गरी लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजस्वको दायरा फराकिलो बनाउँदै लैजान सम्भव हुने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने र यस्तो सोचबाट राजस्वको अपेक्षित वृद्धिदर हासिल भई हाम्रा राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्न सम्भव हुनेमा पनि जोड दिए।

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रूपैयाँ कर तिरेको उल्लेख गरिएको छ।

जसअनुसार आर्थिक वर्ष २०७५-७६ मा ११ अर्ब ६७ करोड, २०७६-७७ मा ९ अर्ब ८७ करोड, २०७७-७८ मा १४ अर्ब २८ करोडको राजस्व बुझाएको तथ्यांक छ।

त्यस्तै २०७८-७९ मा १७ अर्ब ७२ करोड र २०७९-८० मा १६ अर्ब १४ करोड कर बुझाएको उल्लेख गरिएको छ।

चौधरी ग्रुपले नेपाललाई मुख्य प्राथमिकतामा राखेर लगानी विस्तार गरिरहेको जनाएको छ। खाद्य एवम् पेय पदार्थ, हस्पिटालिटी, वित्तीय क्षेत्र, अटोमोवाइल्स, शिक्षा, पूर्वाधार एवम् न्यू टेक्नोलोजीसम्ममा यो ग्रुपले लगानी विस्तार गरेको छ।

‘नेपालको समग्र अर्थतन्त्रमा हामी प्रभावकारी योगदान पुर्‍याउन चाहान्छौँ,’ चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘हाम्रो ग्रुप एकसय ५० वर्षदेखि नेपालको अर्थतन्त्रको विकासमा सक्रिय छ। र, हामी नेपालका सातै प्रदेशहरूमा लगानी विस्तार गरिरहेका छौँ। यसबाट देशको समावेशी विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो विश्वास छ।’

नेपालमा व्यवसायिक ग्रुपहरूले सरकारको राजस्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी तयार गर्न आग्रह गरिएको छ।

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:०६

  काठमाडौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती...

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल,...

वि.सं.२०८३ वैशाख १३ आइतवार १०:०८

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका...

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक जना मानिस घाइते

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक...

वि.सं.२०८३ वैशाख १३ आइतवार १०:००

  सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले...

वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:५६

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोनेन्ट्स...

सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा रहेको जोखिमपूर्ण बस्ती

सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा...

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:५२

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरीगाउँ...

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी प्रहरीको नियन्त्रणमा

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी...

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:४५

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ह्वाइट...