CG Electronics
IME Life
NIMB

हिसान स्पोर्टस् : बास्केट बलमा विकेभिएम, दौडमा मेरिल्याण्ड र अर्किड उत्कृष्ट

NIMB
Himalayan Bank

 

विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तर्गत भएको बास्केट बलको उपाधि विकेभिएम स्कुलले हात पारेको छ । दौड प्रतियोगिताको उपाधि मेरिल्याण्ड कलेज र अर्किड कलेजले जितेका छन् ।

दिल्ली पब्लिक स्कुलमा भएको बास्केटबल प्रतियोगितामा विकेभिएम स्कुल विजयी हुँदै उपाधि हात पारेको हो । विकेभिएमले शिक्षादिप कलेजलाई ७४–२८ को स्कोरले पराजित गर्यो ।

फाइनल खेलको म्यान अफ दि म्याच प्लेअर विकेभिएमका आकाश चौधरी घोषित भए ।

मंगलबार भएको दौडमा अर्किड कलेजले १ सय मिटर छात्र, १ मिटर छात्रा र २ सय मिटर छात्रामा प्रथम स्थान हात पारेको छ भने मेरिल्याण्ड कलेजले २ सय मिटर छात्रमा प्रथम भएको छ ।

सय मिटर दौडतर्फ छात्रमा अर्किडका महमद सहमदले प्रथम स्थान हासिल गर्दा मेरिल्याण्डका राजकुमार चन्द्रवंशी दोस्रो र शिक्षादिपका निश्चल श्रेष्ठ तेस्रो भए ।

सोही स्पर्धातर्फ छात्रामा अर्किडकी प्रियंका थन्दार प्रथम, शिक्षादिपका नेहा मण्डल दोस्रो र कान्तिपुरकी भुमिका चौधरी तेस्रो भइन् ।

त्यसैगरी २ सय मिटर दौडको छात्रतर्फ मेरिल्याण्डका राजकुमार चन्द्रवंशी प्रथम, कान्तिपुरका नितिस राजवंशी दोस्रो र शिक्षादिपका सुमित आर्याले तेस्रो स्थान हासिल गरे भने छात्रातर्फ अर्किडकी समीक्षा आचार्य, प्रथम, सिद्धाथकी तुलसा खतिवडा दोस्रो र चाहना पोखरेल तेस्रो भइन् ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...