nic bank
himalayan everesat
Nmb bank

खेलकुद बहुआयामिक सम्भावनायुक्त क्षेत्र : प्रधानमन्त्री

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ६०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले खेलाडीहरुको शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा सहयोग गर्ने बताए ।

उनले भने, ‘यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन् । खेल कूटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् ।

त्यसैले शारीरिक र मानसिक विकासका साथै अर्थतन्त्रको सुदृढीकरण, कूटनीतिक सन्तुलन र सहकार्य एवं देशको बहुआयमिक विकासका निम्ति यस क्षेत्रको भूमिका निर्णायक देखिँदै आएको छ ।’

आफ्नो कार्यकालमा खेलकुद, साहित्य–कला र प्रविधिको क्षेत्रलाई उच्च महत्व दिएको उल्लेख गर्दै उनले सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा प्रतिबद्ध रहेको स्पष्ट पारे ।

उनले भने, ‘खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ ।’
यसपटक राष्ट्रिय खेलकुद परिषद्का निम्ति राम्रो संयोग जुरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले परिषद्को संरक्षकका हैसियतले आफूले परिषद्लाई दर्बिलो साथ र सहयोग रहेको विश्वास दिलाए ।

राष्ट्रियस्तरमा खेलकुदको विकास र अन्तर्राष्ट्रिय पदक हासिल हुँदा खेलाडीहरूमा आत्मविश्वास बढ्दै गइरहेको उनको भनाइ छ ।

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१७

  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई...

अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन काठमाडौंमा सुरु

अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन काठमाडौंमा सुरु

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:२१

    इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजनामा एक दिने अन्तराष्ट्रिय...

कक्षा–१२ को परीक्षा आजदेखि, देशभर ३ लाख ९० हजार परीक्षार्थी

कक्षा–१२ को परीक्षा आजदेखि, देशभर ३ लाख...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३२

  कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ ।...

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग : उद्योग मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना...

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:३६

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको...

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३६

काठमाडौँ, १३ वैशाख– प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु...

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले विर्सन मिल्दैन’

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:२९

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भूकम्पबाट हुने...