CG Electronics
IME Life
NIMB

परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय मैत्रिपूर्ण सम्बन्ध सुदृढमा केन्द्रित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आफ्नो चीन भ्रमण द्विपक्षीय छिमेकी मैत्रिपूर्ण सम्बन्धलाई सुदृढ बनाउने र आर्थिक विकासका लागि चीनबाट नेपालले लिनसक्ने लाभको विषयमा केन्द्रित रहेको बताएका छन् ।

 

बुधबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले शून्य र आकस्मिक समयमा सोधेका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्रमन्त्री श्रेष्ठले नेपालको आजको मुख्य कार्यभार रहेको आर्थिक विकास र समृद्धिलाई तिव्र गतिमा विकासको प्रक्रियामा अघि बढेको चीनबाट कसरी लाभ लिन सकिन्छ भन्ने विषयमा छलफल गरेको बताएका हुन् ।

 

उनले भने, ‘ मैले यो पटकको चीन भ्रमणमा दुई विषयमा केन्द्रित रहि छलफल गरेको छु । एक, हाम्रो द्विपक्षीय छिमेकी मैत्रिपूर्ण सम्बन्धलाई सुदृढ बनाउने र  दोस्रो नेपालको आजको मुख्य कार्यभार रहेको आर्थिक विकास र समृद्धिलाई तिव्र गतिमा विकासको प्रक्रियामा अघि बढेको चीनबाट कसरी लाभ लिन सकिन्छ भन्ने छलफल गरेको छुु ।’

 

नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने उद्देश्यले छिमेकी लगायत सबै मित्र राष्ट्रहरूसँग सार्वभौम समानता, पारस्परिक सम्मान र लाभका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गर्न सरकार प्रयत्नशील रहेको उनको भनाइ थियो ।

 

छिमेकीलाई उच्च प्राथमिकता दिने सरकारको नीति रहेको उल्लेख गर्दै उनले  चीन र भारत दुवै छिमेकी राष्ट्रहरूसँग उच्च तहमा निरन्तर भ्रमणको आदान प्रदान भइरहेका बताए ।

 

उनले भने, ‘दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि पारस्परिक लागका आधारमा छिमेकी लाभका आधारमा विश्वका सबै मित्र राष्ट्रहरूसँगको आपसी सहयोगका क्षेत्रहरूलाई विस्तार गर्ने सरकारको नीति रहेको छ ।  यसमा छिमेकीलाई उच्च प्राथमिकता दिने सरकारको नीति रहेको छ । नेपालको दुवै छिमेकी राष्ट्रहरुसँग उच्च तहमा निरन्तर भ्रमणको आदान प्रदान भइरहेका छन् । यस प्रकारका भ्रमण र भेटवार्ताहरुले हाम्रो हित र चासोका विषयहरूलाई प्रष्ट रुपमा राख्न सहयोग पुगेको छ ।’

 

उपप्रधानमन्त्री श्रेष्ठ ११ देखि १९ चैतसम्म चीन भ्रमणमा थिए । उनले बेइजिङमा नेशनल कमिटी अफ चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कमिटी (सिपिपिसिसी)का अध्यक्ष वाङ हुनिङ, चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए  ।

 

उनले चिनियाँ कम्युनिस्ट पार्टी, छोङछिङ नगर समितिका सचिव तथा पार्टी पोलिटब्युरो सदस्य युआन जियाजुन, पार्टीको तिब्बत सचिव वाङ जुनछेङ,  सिचुवान प्रान्तका गभर्नर हुवाङ छियाङ र  पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपप्रमुख सुन हैयानसँग छलफल गरेका थिए ।

 

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...