CG Electronics
Ncell NPL
NIMB

खेलकुद बहुआयामिक सम्भावनायुक्त क्षेत्र : प्रधानमन्त्री

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ६०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले खेलाडीहरुको शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा सहयोग गर्ने बताए ।

उनले भने, ‘यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन् । खेल कूटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् ।

त्यसैले शारीरिक र मानसिक विकासका साथै अर्थतन्त्रको सुदृढीकरण, कूटनीतिक सन्तुलन र सहकार्य एवं देशको बहुआयमिक विकासका निम्ति यस क्षेत्रको भूमिका निर्णायक देखिँदै आएको छ ।’

आफ्नो कार्यकालमा खेलकुद, साहित्य–कला र प्रविधिको क्षेत्रलाई उच्च महत्व दिएको उल्लेख गर्दै उनले सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा प्रतिबद्ध रहेको स्पष्ट पारे ।

उनले भने, ‘खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ ।’
यसपटक राष्ट्रिय खेलकुद परिषद्का निम्ति राम्रो संयोग जुरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले परिषद्को संरक्षकका हैसियतले आफूले परिषद्लाई दर्बिलो साथ र सहयोग रहेको विश्वास दिलाए ।

राष्ट्रियस्तरमा खेलकुदको विकास र अन्तर्राष्ट्रिय पदक हासिल हुँदा खेलाडीहरूमा आत्मविश्वास बढ्दै गइरहेको उनको भनाइ छ ।

CG Electronics
डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक...

वि.सं.२०८२ माघ ९ शुक्रवार २१:५७

  काठमाडौ। डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा...

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको सहकार्य

भोलि शुरु हुने छैठौं टाइगर कपमा एनसेलको...

वि.सं.२०८२ माघ ९ शुक्रवार १३:२१

काठमाडौँ । एनसेलले खेलकुद विकास र युवा सशक्तिकरणमा आफ्नो योगदानलाई...

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता...

वि.सं.२०८२ माघ ८ बिहीवार ००:०१

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक...

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम बनाइने : पूर्वमन्त्री आले

फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्राम...

वि.सं.२०८२ माघ ७ बुधवार २२:०२

  कैलाली, ७ पुस : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का...

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ’

विनोद चौधरी भन्छन ‘सबै मिलेर पश्चिम नवलपरासीको...

वि.सं.२०८२ माघ ७ बुधवार १७:१४

  प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेस...

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी

वि.सं.२०८२ माघ ७ बुधवार ११:२२

  काठमाडौं। आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका...