Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सेयर बजारमा गिरावटको क्रम थामिएन, ५.७७ अंकले घट्यो नेप्से

Machhapuchchhre Bank Limited

 

काठमाडौं । सेयर बजार परिसूचक र कारोबार घट्ने क्रम थामिएको छैन बुधबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।

नेप्से परिसूचक ५.७७ अंकले घट्दै २००४.४४ विन्दुमा बजार बन्द भएको छ । १३ मध्ये जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेका छन् । सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन उपसमूह छ ।

 

आज १३२ कम्पनीको सेयरमूल्य घटेको छ भने १०३ को बढोत्तरी छ । १० कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन । ६३ लाख ५६ हजार २७९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ४७ करोड ६९ लाख २३ हजार रुपैयाँ छ । घटेको बजारमा पनि गुराँस लघुवित्त र वीन नेपाल लघुवित्तको सेयरमा भने बढोत्तरीको सकारात्मक सर्किट लागेको छ ।

मानुषी र गणपति लघुवित्तको पनि सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् । आज उच्च कारोबार हुनेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स छ । सेयरमूल्य प्रतिकित्ता ५१८ रुपैयाँ पुगेको यो कम्पनीको सेयर २५ करोड ८० लाख रुपैयाँको किनबेच भएको छ । दोस्रोमा सर्वोत्तम सिमेन्टको १२ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै शिवम् सिमेन्टको ९ करोड, सोनापुर मिनरल्सको ५ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज घट्नेमा रिभर फल्सको सेयर पहिलो नम्बरमा छ । सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा मन्दाकिनी हाइड्रोपावर, बोटलर्स तराई, कर्पोरेट डेभलपमेन्ट बैंक, भूगोल इनर्जीलगायत छन् ।

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ स्मार्ट, छिटो, र प्रभावकारी हुने

डीपसीक एलएलएम प्रविधिसँग टेक्नो स्मार्टफोनः अब अझ...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:२२

  काठमाडौँ । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक...

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा ब्यागप्याक उपहार योजना

यती एअरलाइन्सका यात्रुहरूका लागि क्रोकोडाईल लगेज तथा...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:१९

काठमाडौं । यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरूका लागि अब विशेष...

बढ्दो मोटोपन दर विरुद्ध लड्न दक्षिण एसियाका देश एकजुट

बढ्दो मोटोपन दर विरुद्ध लड्न दक्षिण एसियाका...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०४

  काठमाडौँ । दक्षिण एसियाली क्षेत्रमा मोटोपना व्यवस्थापनका अनौठा पक्षहरूमा...

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

वि.सं.२०८१ चैत १३ बुधवार २३:३९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

ईशान हस्पिटल १० बर्षमा देशकै गौरव गर्ने अस्पताल बन्ने महिलामन्त्रीको दाबी ईशान हस्पिटलले सुरु गर्यो ‘मल्टी डिसिपिनरी क्लिनिक’

ईशान हस्पिटल १० बर्षमा देशकै गौरव गर्ने...

वि.सं.२०८१ चैत १३ बुधवार २३:३४

  काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल...

नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ मूल्य ?

नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ...

वि.सं.२०८१ चैत १३ बुधवार २३:२७

काठमाडौँ । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८०...