Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

निर्वाचनमा उत्साहजनक सहभागिता, ७१ प्रतिशत मत खस्यो

Machhapuchchhre Bank Limited

३१ बैशाख, काठमाडौं-   आइतबार भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा जनताको उत्साहजनक सहभागिता जनाएका छन् । समग्रमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

३४ जिल्लाका ३९२१ मतदान स्थलमा विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेपछि सकिएको थियो ।

सकिएलगतै आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा जनसहभागिता उत्साहजनक रहेको बताए । उनका अनुसार समग्रमा ७१ प्रतिशत मत खसेको छ ।

तीन स्थानमा मतदान स्थगित

दोलखा, काभ्रे र कोलिकोट गरी तीन स्थानमा मतदान स्थगित भएको छ ।

दोलखाको मेलुङ गाउँपालिकाको सत्येश्वरमा बुथ कब्जा गर्न खोज्ने र प्रहरीबीच झडप हुँदा सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु भएको छ । घटनापछि त्यहाँको मतदान स्थगित भएको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका ४ वेथिनकोट मतदान केन्द्रमा मतदान नै सुरु हुन सकेन । शनिबार गोली लागेर एक जनाको मृत्यु भएपछि त्यहाँ मतदान हुन सकेन । दिनभर वार्ता भएपनि सफल हुन सकेन ।

यस्तै कालिका गाउँपालिका बालाचौर आधारभूत विद्यालयमा रहेको मतदान स्थलको पनि मतदान स्थगित भएको छ । मतपेटिका लुट्न आएको समूह र सुरक्षाकर्मीबीच झडप भएपछि मतदान स्थगित गरिएको हो ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने, घोषणापत्रमा अरू के-के छ ? (पूर्णपाठ सहित)

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने,...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार २१:१५

एमालेले सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन...

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले बढ्दा कति भयो कारोबार ?

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १६:३६

सेयरबजारमा आज उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से...

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:३१

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने...

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

वि.सं.२०७९ कात्तिक ८ मंगलवार ०८:२०

तिहारको तेस्रो दिन आज (मंगलबार) गाईको पूजाआजा गरी मनाइँदैछ। वैदिक...