CG Electronics
IME Life
NIMB

नेपालमा पर्यटन प्रवर्द्दन गर्न अमेरिकामा साईकल र्याली हुदै

NIMB
Himalayan Bank
  • २ जेठ, अमेरिका- न्यूयोर्कको लागी नेपाली पर्यटनदूतको कार्यलयको आयोजनामा नेपालको प्राकृतिक सुन्दरता, एैतिहासिक, पुरातात्विक र धार्मिक सम्पदा र मौलिक कला संस्कृति झल्किने व्यानर सहितका —याली न्यूयोर्कको विशाल सहर म्यानह्याटनको विभिन्न स्ट्रिट हुँदै टाइम्स स्क्वायरमा पुगेर समापन हुनेछ । –यालीको लागी अनुमति प्रक्रिया अन्तिम चरणमा पुगेको न्यूयोर्कका लागी अवैतनिक पर्यटनदूत प्रदीप श्रेष्ठले जानकारी दिए ।

“साइकलको लागी सिटी व्यांकसंग र सडकको अनुमतिको लागी सरकारी निकायसँग अनुमतिको काम अघि बढीसकेको छ।” उनले भने । अमेरिकी समुदाय मात्र नभै विश्वसामु नै नेपालको प्रचार गर्न यो उत्तम उपाय हो भएको श्रेष्ठको दाबी छ । आगामी जुनको अन्तिम साता आयोजना गरिने साइकल –यालीमा न्यूयोर्कका विभिन्न ३ वटा अमेरिकन साइकल राइडरर्स क्लवहरुको पनि सहभागिता रहने छ ।
न्यूयोर्कको ज्याक्सन हाइटमा नेपाली महाबाणिज्य दूतावास र अवैतनिक पर्यटनदूतद्धारा संयूक्तरुपमा आइतबार आयोजित, “नेपालको पर्यटन प्रवर्धनमा न्यूयोर्कका नेपाली संस्थाहरूको भूमिका” विषयक अन्तरक्रियामा कार्यक्रममा महाबाणिज्यदूत पुश्पराज भट्टराईले नेपाल र अन्य मुलुकको पर्यटन पूर्वाधारको तुलनात्मक अध्यायन प्रस्तुत गर्नुभएको थियो । नेपाली कन्सुलर कृष्णकुमार सुवेदीले नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको पर्यटनलाइ अमेरिकी पर्यटनले दहे टेवा दिनसक्ने बताउनु भयो । “अमेरिकी पर्यटकहरु संसारमै सबैभन्दा धेरै खर्चालु मानिन्छन् , हामीले अहिलेको सङ्ख्यामा उल्लेख्यबृद्धि गर्न जरुरी छ ।” सुवेदीले भन्नुभयो ।
नेपाली समुदायका अगुवाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पर्यटनदुत श्रेष्ठले नेपाली महाबाणिज्य दूतावास न्यूयोर्कको सहकार्यमा पर्यटन प्रवर्धनका लागी नौँ बुँदे कार्ययोजना सार्वजनिक गरेका थिए । नेपाली विद्यार्थी अध्यायन गर्ने विद्यालय तथा कलेजहरुमा नेपाल चिनाउने विभिन्न पोस्टर पम्प्लेटहरु वितरण गर्ने र संस्कृतिक कार्यक्रम गर्ने, न्यूयोर्कका ट्याक्सिहरुमा भिजिट नेपालको स्टिकर टास्न पहल गर्ने लगायतका कार्यक्रमहरू कार्ययोजनामा समेटिएका छन् ।
त्यसै गरी, अमेरिकी मुलधारका पत्रकारहरुलाइ नेपाल भ्रमणमा लगी विभिन्न प्रचारात्मक सामग्री प्रकाशन, प्रसारणको लागी पहल गर्ने, गैर आवासीय नेपालीसंगको समन्वयमा अतिथि देवो भवः कार्यक्रमलाई अभियानको रूपमा विकास गर्ने तथा अमेरिकी सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गर्ने सडक महोत्सव तथा फुड फेस्टिवलहरुमा सहभागिता जनाउने कार्यक्रम कार्ययोजनामा समेटिएको छ ।
कार्ययोजनामा प्राध्यापक डा. तारा निरौला, आरोहि एवं पर्यटन व्यवसायी अप्पा शेर्पा, पासागं शेर्पा राजनीतिकर्मी सञ्जय थापा र टेक गुरुगं, अच्युत सिग्देल, प्रमोद सिटौला, अमित शाह, रामहरि अधिकारी र पत्रकारहरु दिनेशजंग शाह, आंगछिरिगं शेर्पा, संजोग आचार्य, अनुज थापा, शैलेश श्रेष्ठ लगायतले टिप्पणी गरेका थिए ।
तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...