Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

एन्जेलिना जोलीको फिल्मका कारण दुई देशबिच विवाद चुलिएयो

 

बीबीसी जेठ ६ –  हलिउड स्टार एन्जेलिना जोलीको फिल्मका कारण दुई देशबिच चलिरहेको विवाद चुलिएको छ ।

 

खबरका अनुसार एन्जेलिना जोली मानव सभ्यतामा सूडानको योगदानमाथि फिल्म बनाउने योजनामा छिन् जसका कारण इजिप्टका मानिसहरु खुसी छैनन् ।

बीबीसी अफ्रिकाका मोहनद हाशिम भन्छन्, ‘यो झगडा ‘कसको पिरामिड धेरै अग्लो छ’ भन्दा माथि छ ।’

थुप्रै मिडिया रिपोर्टका अनुसार कतारी निर्माण कम्पनीले यो फिल्ममा पैसा लगाउनेछ जसमा एन्जेलिनासँग लियोनार्दो डिक्याप्रियो हुनेछन् ।

सूडानमा बेलायती राजदूत पनि यो कहानीमाथि ट्वीट गरेर झगडामा फसेका छन् ।

सूडानका ट्वीटर प्रयोगकर्ताले यस्ता तस्बिर पोष्ट गरेका छन् जसमा एन्जेलिनालाई एक न्युबियन रानीको रुपमा देखाइएको थियो ।

इजिप्टको एक टेलिभिजन च्यानलले एन्जेलिनाको कस्ट्युम डिजाइनर बताइएका सूडानी डिजाइनर समय दार्विशको अन्तर्वार्तासम्म लिएको छ ।

यद्यपी, यीमध्ये कुनै पनि कुराको पुष्टि अहिलेसम्म गरिएको छैन ।

यी दुई देशबिचको झगडा त्यतिबेला बढेको थियो जब कतारका सर्वश्रेष्ठ धनी व्यक्तिकी श्रीमती शेखा मोजा संयुक्त राष्ट्रका प्रतिनिधीको रुपमा सूडान पुगेकी थिइन् ।

अल– बाजरौयाह पिरामिडमा उनको यात्राको तस्बिर खुब सेयर गरियो । तर इजिप्टले यो यात्राको खुब मजाक उडाएको थियो ।

वास्तवमा सूडानको ऐतिहासिक स्थलको विकासका लागि कतार १३५ मिलियन डलरको लगानी गर्न चाहन्छ । इजिप्टका धेरैजसो मानिसहरुले यसलाई इजिप्टको कमजोर भइरहेको पर्यटन क्षेत्रलाई थप कमजोर बनाउने र इजिप्टको नेतृत्वलाई तल्लो देखाउने कोसिसको रुपमा हेर्ने गर्दछन् ।

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलका लागि एसियाली आवेदन खुल्ला

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म...

वि.सं.२०८२ असार २० शुक्रवार १४:२३

काठमाडौं । अल्टरनेटिभा फिल्म फेस्टिभलको तेस्रो संस्करण २०२६ को दोस्रो...

विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजन असार २० देखि, देशको प्रगति र बेथिति उजागर गरिने

विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजन असार २० देखि,...

वि.सं.२०८२ असार १८ बुधवार १२:५९

काठमाडौं । यही असार २० गतेदेखि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश...

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

इटर्नल साउण्ड्सद्वारा “जुनकिरी” सार्वजनिक, नेपाली लोकसंगीत र आधुनिकता बीचको सेतु

इटर्नल साउण्ड्सद्वारा “जुनकिरी” सार्वजनिक, नेपाली लोकसंगीत र...

वि.सं.२०८२ वैशाख २५ बिहीवार १४:४१

काठमाडौँ । कोलकातास्थित प्रतिष्ठित संगीत संस्था इटर्नल साउण्ड्स LLP ले...

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा डा.सुमी मल्लले जितिन् दुई अवार्ड

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा डा.सुमी मल्लले...

वि.सं.२०८२ वैशाख २३ मंगलवार २०:५६

काठमाडौं । हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता...

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा...

वि.सं.२०८२ वैशाख २१ आइतवार ०६:२८

  काठमाडौं - नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ...