CG Electronics
IME Life
Ncell NPL

चलचित्र ‘पर्व’ले ३ दिनमा कमायो करोड माथि

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


१५ जेठ, काठमाडौँ- शुक्रबारबाट रिलिज भएको चलचित्र ‘पर्व’ले ३ दिनमा करोड ग्रसको कमाई गरेको यसको निर्माणपक्षले बताएको छ । निर्माता सुवास गिरीले दिएको जानकारी अनुसार चलचित्रले ३ दिनमा करोड ग्रसको व्यापार गरेको हो ।

बलियो वर्ड अफ माउथका कारण चलचित्रले सोमबार बिहानैदेखि सुखद व्यापार गरिरहेको छ । सोमबार परेको सार्वजनिक बिदाका कारण चलचित्रलाई फाइदा मिलेको निर्माता सुवास गिरीले जानकारी दिए ।

निर्माता गिरीले भने-‘शुक्रबार देशभरबाट चलचित्रले ३० लाखको कमाई गरेको थियो । शनिबार व्यापार ७० लाखको भएको छ । आइतबार देशभरबाट १४ लाखको मात्र व्यापार भयो ।’

उनले ३ दिनमा चलचित्रले १ करोड ग्रसको व्यापार गरेको जानकारी दिदै एक सातामा लगानी सुरक्षित हुने जानकारी दिए । दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको अभिनय छ ।

निर्देशक दिनेश राउतले भने-‘वर्ड अफ माउथका कारण सोमबार पनि चलचित्रको व्यापार सुखद छ । दर्शकले चलचित्रलाइ मन पराइदिनुभएको छ । एउटा निर्देशकको नाताले मलाई खुशी लागेको छ ।’

शुक्रबार काठमाण्डौको क्यूएफएक्सले ७ वटा शो दिएकोमा सोमबार बढाएर ९ पुर्‍याएको छ । यस्तै, के एल टावरमा पनि एउटा शो थपिएको छ भने वीएसआर हलमा भने एउटा शो थप गरिएको छ । काठमाण्डौ बाहिर ७ वटा हल थपिएको निर्माणपक्षले जानकारी दिएको छ ।

सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएको यो चलचित्रलाई सस्पेन्स थ्रिलर शैलीमा निर्देशकले प्रस्तुत गरेका छन् । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, चन्द्र पन्तको एक्सन, बनिष शाहको सम्पादन, कोशिश क्षेत्रीको संगीत छ ।

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...