API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

चलचित्र ‘पर्व’ले ३ दिनमा कमायो करोड माथि


१५ जेठ, काठमाडौँ- शुक्रबारबाट रिलिज भएको चलचित्र ‘पर्व’ले ३ दिनमा करोड ग्रसको कमाई गरेको यसको निर्माणपक्षले बताएको छ । निर्माता सुवास गिरीले दिएको जानकारी अनुसार चलचित्रले ३ दिनमा करोड ग्रसको व्यापार गरेको हो ।

बलियो वर्ड अफ माउथका कारण चलचित्रले सोमबार बिहानैदेखि सुखद व्यापार गरिरहेको छ । सोमबार परेको सार्वजनिक बिदाका कारण चलचित्रलाई फाइदा मिलेको निर्माता सुवास गिरीले जानकारी दिए ।

निर्माता गिरीले भने-‘शुक्रबार देशभरबाट चलचित्रले ३० लाखको कमाई गरेको थियो । शनिबार व्यापार ७० लाखको भएको छ । आइतबार देशभरबाट १४ लाखको मात्र व्यापार भयो ।’

उनले ३ दिनमा चलचित्रले १ करोड ग्रसको व्यापार गरेको जानकारी दिदै एक सातामा लगानी सुरक्षित हुने जानकारी दिए । दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको अभिनय छ ।

निर्देशक दिनेश राउतले भने-‘वर्ड अफ माउथका कारण सोमबार पनि चलचित्रको व्यापार सुखद छ । दर्शकले चलचित्रलाइ मन पराइदिनुभएको छ । एउटा निर्देशकको नाताले मलाई खुशी लागेको छ ।’

शुक्रबार काठमाण्डौको क्यूएफएक्सले ७ वटा शो दिएकोमा सोमबार बढाएर ९ पुर्‍याएको छ । यस्तै, के एल टावरमा पनि एउटा शो थपिएको छ भने वीएसआर हलमा भने एउटा शो थप गरिएको छ । काठमाण्डौ बाहिर ७ वटा हल थपिएको निर्माणपक्षले जानकारी दिएको छ ।

सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएको यो चलचित्रलाई सस्पेन्स थ्रिलर शैलीमा निर्देशकले प्रस्तुत गरेका छन् । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, चन्द्र पन्तको एक्सन, बनिष शाहको सम्पादन, कोशिश क्षेत्रीको संगीत छ ।

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा, २६८ स्टलसहित १० दिनसम्म चल्ने

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा,...

वि.सं.२०८१ पुस २३ मंगलवार ०२:०९

  काठमाडौं । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौं संस्करण...

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:३१

  मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१...

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:३७

  काठमाडौं, पुष ११– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक...

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:१३

  काठमाडौं । बिगत १७बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण...

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र ‘अब सुन्छ अमेरिका’को घोषणा

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र...

वि.सं.२०८१ पुस ७ आइतवार २१:५६

काठमाडौं । ‘अब हाँस्छ अमेरिका’ सिजन २, ‘अब गाउँछ अमेरिका’...

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत...

वि.सं.२०८१ पुस ७ आइतवार १९:४९

काठमाडौं । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी...