CG Electronics
IME Life
Ncell NPL

सिड्नीमा गुन्जदै कुमार बस्नेत, नीता ढुगांनाको प्रस्तुति पनि

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

१९ जेठ, सिड्नी-  नेपाली गीत संगीतका कालजयी हस्ती कुमार बस्नेत पहिलो पटक सिड्नीमा गुन्जने भएका छन । बिहीबार सिड्नी झरेका गायक बस्नेतले शनिवार साँझ सिड्नीको हर्सभिलमा रहेको मराना अडीटोरियम हलमा आफ्ना पुराना हिट नम्बरहरू प्रस्तुत गर्ने छन ।

आमा भन्दा छोरी तरूनी
लिपिस्टिक पाउडरले….

तिम्रो बाउलाई सलाम छ
आमालाई नमस्ते ….

लगायत अन्य हिट गीतहरू प्रत्यक्ष रूपमा गाउने तयारीमा रहेका उनलाई स्थानीय संगीतकर्मीहरूले साथ दिने छन ।

सुमधुर सांगीतिक साँझ २०१७ नाम दिईएको यो कार्यक्रमलाई झनै मनमोहक बनाउन नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका नीता ढुगांनाको पनि बिशेष प्रस्तुति रहने जानकारी आयोजक संस्था झापाली समाजका अध्यक्ष दिपक खनालले बताए ।

पुराना पुस्ताका सर्जक कुमार बस्नेत र नयाँ पुस्ताकी नायिका नीता ढुगांनाको प्रस्तुतिलाई एउटै मञ्चमा हेर्न पाउनुलाई सिड्नीबासी नेपालीहरूले अवसरको रूपमा लिएको कार्यक्रमका संयोजक राजकुमार गोश्वामीले बताए ।

गायक बस्नेत र नायिका ढुगांनाको यो पहिलो सिड्नी कार्यक्रम हो । बस्नेत र ढुंगानाले पनि आफूहरुले सिड्नीमा आउन पाउन उत्साहित भएको बताएका छन् । उनीहरूले भने,’हामी पनि निकै उत्साहित छौ, सिड्नीबासीहरूलाई मनोरन्जन दिन ।’

 

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...