सिड्नीमा गुन्जदै कुमार बस्नेत, नीता ढुगांनाको प्रस्तुति पनि

Friday Jun 02, 2017
वि.सं.२०७४ जेठ १९ शुक्रवार १०:२१

१९ जेठ, सिड्नी- नेपाली गीत संगीतका कालजयी हस्ती कुमार बस्नेत पहिलो पटक सिड्नीमा गुन्जने भएका छन । बिहीबार सिड्नी झरेका गायक बस्नेतले शनिवार साँझ सिड्नीको हर्सभिलमा रहेको मराना अडीटोरियम हलमा आफ्ना पुराना हिट नम्बरहरू प्रस्तुत गर्ने छन ।
आमा भन्दा छोरी तरूनी
लिपिस्टिक पाउडरले….
तिम्रो बाउलाई सलाम छ
आमालाई नमस्ते ….
लगायत अन्य हिट गीतहरू प्रत्यक्ष रूपमा गाउने तयारीमा रहेका उनलाई स्थानीय संगीतकर्मीहरूले साथ दिने छन ।
सुमधुर सांगीतिक साँझ २०१७ नाम दिईएको यो कार्यक्रमलाई झनै मनमोहक बनाउन नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका नीता ढुगांनाको पनि बिशेष प्रस्तुति रहने जानकारी आयोजक संस्था झापाली समाजका अध्यक्ष दिपक खनालले बताए ।
पुराना पुस्ताका सर्जक कुमार बस्नेत र नयाँ पुस्ताकी नायिका नीता ढुगांनाको प्रस्तुतिलाई एउटै मञ्चमा हेर्न पाउनुलाई सिड्नीबासी नेपालीहरूले अवसरको रूपमा लिएको कार्यक्रमका संयोजक राजकुमार गोश्वामीले बताए ।
गायक बस्नेत र नायिका ढुगांनाको यो पहिलो सिड्नी कार्यक्रम हो । बस्नेत र ढुंगानाले पनि आफूहरुले सिड्नीमा आउन पाउन उत्साहित भएको बताएका छन् । उनीहरूले भने,’हामी पनि निकै उत्साहित छौ, सिड्नीबासीहरूलाई मनोरन्जन दिन ।’