CG Electronics
Ncell NPL
NIMB

चेक सम्बन्धी सम्पूर्ण जानकारी

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 रोयल आचार्य/ बैंकिंग  खबर

चेक त्यो आदेशपत्र हो, जसको माध्यमबाट बैंकबाट रकम वा पैसा निकाल्न सकिन्छ । बैंक खातामा जम्मा गर्ने ग्राहकले बैंकद्वारा तयार गरिएको पैसा झिक्न प्रयोजनको निमित्त ग्राहकलाई दिइन्छ । यो त्यस्तो विनिमयपत्र हो, जुन बैंकमाथि खिचिएको हुन्छ र माग हुनासाथ तुरुन्तै भुक्तानी पनि हुन्छ । चेक भनेको ग्राहकले आफ्नो खातामा राखेको रकमको माग फाराम हो । ब्यक्ती वा व्यावसायिक संगठनले बैंकमा रहेको आफ्नो खाताबाट निश्चित ब्यक्ती वा संस्थालाई दिन भनी बैंकलाई लेख्ने आदेश वा निर्देशन हो । यस्तो निर्देशन राष्ट्र बैंक ऐन अनुसार तोकिएको ढाँचामा सम्बन्धित बैंकले बनाएको कागजी प्रतीमा हुनु पर्दछ । लेखक ए.एन.अग्रवालका अनुसार “आदेश दिएको व्यक्ति वा उपकरण (चेक) को बाहकलाई मात्र माग गरिएको समयमा निश्चित रकम भुक्तानी दिनु भनी तोकिएको बैंकलाई जारीकर्ताले हस्ताक्षर गरि तोकिएको बैंकलाई दिने शर्तरहित आदेश चेक हो ।“

चेकका पक्षहरु
१. चेक लेखक
२. भुक्तानी दिने पक्ष
३. भुक्तानी पाउने पक्ष

 
चेकका विशेषताहरु

लिखित कागजात
चेक एउटा लिखित कागजात हो, जसमा भुक्तानी पाउने पक्ष, चेकको रकम, मिति आदि लेखिएको हुन्छ । चेकको रकम अंक र अक्षर दुबैमा प्रष्ट लेखिएको हुनुपर्दछ ।

शर्तरहित आदेश
चेकमा कुनै शर्त तोकिएको हुदैन । अर्कोतिर, यो खातावालाले आफ्नो खाताबाट झिक्न बैंकलाई दिने आदेश वा निर्देशन हो । तसर्थ चेकलाई शर्तरहित आदेश भनिन्छ ।

निश्चित बैंक
चेक तोकिएको वा निश्चित बैंकको नाममा जारी गरिन्छ । चेक कुनै व्यक्ति वा गैरबैंकिङ्ग सङ्गठनहरुको नाममा जारी गरिँदैन ।

यो एउटा लोकप्रिय साखपत्र हो ।
यो खातावालाले समन्धित बैंकलाई दिइने लिखित आदेश हो ।
चेक निश्चित अवधिको लागि तयार गरिको हुन्छ ।

 
चेकका नियमहरु
१. चेकमा लेखिएको मिती स्पष्ट हुनुपर्दछ । बैंकले तोकेको म्याद नाघेको र आगामी दिनको मितिको चेक भुक्तानी गर्दैन ।
२. भुक्तानी पाउनेको नाम स्पष्ट हुनुपर्दछ ।
३. अंक र अक्षरमा लेखेको ठीक दुरुस्त हुनुपर्दछ ।
४. चेक मा रहेको खातावालाको हस्ताक्षर नमुना अनुसारको हुनुपर्दछ ।
५. चेक खिच्ने ब्यक्तीको खातामा चेकमा लेखिएको वा सो भन्दा बढी रकम हुनुपर्दछ ।
६. चेक कार्यालयमा प्रयोग हुने भाषामा लेखिएको हुनुपर्दछ ।

 
चेकका प्रकारहरु

बाहक चेक
त्यो चेक जसले समन्धित बैंकमा प्रस्तुत गर्छ वा लिएर आउँछ उसलाई भुक्तानी दिनु भनि लेखिएको चेक नै बाहकचेक हो ।

आदेश चेक
त्यस्तो चेक जसको भुक्तानी बैंकमा कुनै विशेष ब्यक्ति वा चेकवालाले गरेको आदेशित अन्य ब्यक्तिलाई गरिन्छ । यो चेकको भुक्तान रकम पाउने ब्यक्तिले चेकको पछाडीपट्टी हस्ताक्षर गरेपछी मात्र गरिन्छ। बाहक चेक भन्दा केहि सुरक्षित हुन्छ ।

रेखांकित चेक
बैंकको कुनै न कुनै खातामा जम्मा भएर मात्र भुक्तानी हुनुपर्ने सन्केतका लागि चेकमा रेखान्कित गरिदिने प्रकृया अनुरुप तयार भएको चेक रेखान्कित चेक हो । यसमा चेकको बायापट्टी दुइवटा समानान्तर रेखा कोरिएको हुन्छ ।

साधारण रेखांकित चेक
साधारण रेखान्कित चेक कुनै न कुनै खातामा जम्मा गर्न सकिन्छ । कहिलेकाही समबन्धीत ब्यक्ती बाहेक अरु कसैको खातामा जम्मा गरेर सो ब्यक्तीले भुक्तानी पाउने सम्भावना रहन्छ ।

बिशेष रेखांकित चेक
रेखान्कित चेक मा समानान्तर धर्का्भित्र ब्रऋ एबथभभ लेखिएको हुन्छ । यो चेकको भुक्तानी जो ब्यक्ती वा संस्थालाई लेखिएको हो सोही ब्यक्ती वा संस्थाको खातामा जम्मा हुने गरी मात्र हुने भएकोले यो चेक एकदमै सुरक्षित हुने गर्दछ ।

CG Electronics
कल्चरल प्रोटेक्सन फन्डको १० वर्ष पूरा, क्षमता अभिवृद्धिका लागि ब्रिटिस काउन्सिलद्वारा कार्यशाला

कल्चरल प्रोटेक्सन फन्डको १० वर्ष पूरा, क्षमता...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२२

  काठमाडौं। साँस्कृतिक सम्पदाको संरक्षणका लागि सञ्चालित “कल्चरल प्रोटेक्सन फन्ड”...

माछापुच्छ्रे बैंक र विश्वप्रसिद्ध फुड चेन कम्पनीबीच सहकार्य

माछापुच्छ्रे बैंक र विश्वप्रसिद्ध फुड चेन कम्पनीबीच...

वि.सं.२०८२ माघ ९ शुक्रवार १३:३५

  काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा...

नेशनल लाइफको भव्य एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाइफको भव्य एमडीआरटी सम्मान तथा तालिम...

वि.सं.२०८२ माघ ५ सोमवार २२:३५

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी...

सूर्य नेपाल इस्टर्न ओपन, डिफेन्डिङ च्याम्पियन निरज ५ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा

सूर्य नेपाल इस्टर्न ओपन, डिफेन्डिङ च्याम्पियन निरज...

वि.सं.२०८२ माघ १ बिहीवार २२:५२

  धरान, माघ १: सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत...

नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण...

वि.सं.२०८२ माघ १ बिहीवार ११:४६

  काठमाडौं । नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण...

दिपकराज भुसालको आधिकारिक टिम घोषणा, सातै दिन २४ सै घण्टा इक्यानियनको साथमा रहने प्रतिवद्धता

दिपकराज भुसालको आधिकारिक टिम घोषणा, सातै दिन...

वि.सं.२०८२ पुस २७ आइतवार १२:३१

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ कार्यसमिति चयनका...