Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

चेक सम्बन्धी सम्पूर्ण जानकारी

kumari  bank

 रोयल आचार्य/ बैंकिंग  खबर

चेक त्यो आदेशपत्र हो, जसको माध्यमबाट बैंकबाट रकम वा पैसा निकाल्न सकिन्छ । बैंक खातामा जम्मा गर्ने ग्राहकले बैंकद्वारा तयार गरिएको पैसा झिक्न प्रयोजनको निमित्त ग्राहकलाई दिइन्छ । यो त्यस्तो विनिमयपत्र हो, जुन बैंकमाथि खिचिएको हुन्छ र माग हुनासाथ तुरुन्तै भुक्तानी पनि हुन्छ । चेक भनेको ग्राहकले आफ्नो खातामा राखेको रकमको माग फाराम हो । ब्यक्ती वा व्यावसायिक संगठनले बैंकमा रहेको आफ्नो खाताबाट निश्चित ब्यक्ती वा संस्थालाई दिन भनी बैंकलाई लेख्ने आदेश वा निर्देशन हो । यस्तो निर्देशन राष्ट्र बैंक ऐन अनुसार तोकिएको ढाँचामा सम्बन्धित बैंकले बनाएको कागजी प्रतीमा हुनु पर्दछ । लेखक ए.एन.अग्रवालका अनुसार “आदेश दिएको व्यक्ति वा उपकरण (चेक) को बाहकलाई मात्र माग गरिएको समयमा निश्चित रकम भुक्तानी दिनु भनी तोकिएको बैंकलाई जारीकर्ताले हस्ताक्षर गरि तोकिएको बैंकलाई दिने शर्तरहित आदेश चेक हो ।“

चेकका पक्षहरु
१. चेक लेखक
२. भुक्तानी दिने पक्ष
३. भुक्तानी पाउने पक्ष

 
चेकका विशेषताहरु

लिखित कागजात
चेक एउटा लिखित कागजात हो, जसमा भुक्तानी पाउने पक्ष, चेकको रकम, मिति आदि लेखिएको हुन्छ । चेकको रकम अंक र अक्षर दुबैमा प्रष्ट लेखिएको हुनुपर्दछ ।

शर्तरहित आदेश
चेकमा कुनै शर्त तोकिएको हुदैन । अर्कोतिर, यो खातावालाले आफ्नो खाताबाट झिक्न बैंकलाई दिने आदेश वा निर्देशन हो । तसर्थ चेकलाई शर्तरहित आदेश भनिन्छ ।

निश्चित बैंक
चेक तोकिएको वा निश्चित बैंकको नाममा जारी गरिन्छ । चेक कुनै व्यक्ति वा गैरबैंकिङ्ग सङ्गठनहरुको नाममा जारी गरिँदैन ।

यो एउटा लोकप्रिय साखपत्र हो ।
यो खातावालाले समन्धित बैंकलाई दिइने लिखित आदेश हो ।
चेक निश्चित अवधिको लागि तयार गरिको हुन्छ ।

 
चेकका नियमहरु
१. चेकमा लेखिएको मिती स्पष्ट हुनुपर्दछ । बैंकले तोकेको म्याद नाघेको र आगामी दिनको मितिको चेक भुक्तानी गर्दैन ।
२. भुक्तानी पाउनेको नाम स्पष्ट हुनुपर्दछ ।
३. अंक र अक्षरमा लेखेको ठीक दुरुस्त हुनुपर्दछ ।
४. चेक मा रहेको खातावालाको हस्ताक्षर नमुना अनुसारको हुनुपर्दछ ।
५. चेक खिच्ने ब्यक्तीको खातामा चेकमा लेखिएको वा सो भन्दा बढी रकम हुनुपर्दछ ।
६. चेक कार्यालयमा प्रयोग हुने भाषामा लेखिएको हुनुपर्दछ ।

 
चेकका प्रकारहरु

बाहक चेक
त्यो चेक जसले समन्धित बैंकमा प्रस्तुत गर्छ वा लिएर आउँछ उसलाई भुक्तानी दिनु भनि लेखिएको चेक नै बाहकचेक हो ।

आदेश चेक
त्यस्तो चेक जसको भुक्तानी बैंकमा कुनै विशेष ब्यक्ति वा चेकवालाले गरेको आदेशित अन्य ब्यक्तिलाई गरिन्छ । यो चेकको भुक्तान रकम पाउने ब्यक्तिले चेकको पछाडीपट्टी हस्ताक्षर गरेपछी मात्र गरिन्छ। बाहक चेक भन्दा केहि सुरक्षित हुन्छ ।

रेखांकित चेक
बैंकको कुनै न कुनै खातामा जम्मा भएर मात्र भुक्तानी हुनुपर्ने सन्केतका लागि चेकमा रेखान्कित गरिदिने प्रकृया अनुरुप तयार भएको चेक रेखान्कित चेक हो । यसमा चेकको बायापट्टी दुइवटा समानान्तर रेखा कोरिएको हुन्छ ।

साधारण रेखांकित चेक
साधारण रेखान्कित चेक कुनै न कुनै खातामा जम्मा गर्न सकिन्छ । कहिलेकाही समबन्धीत ब्यक्ती बाहेक अरु कसैको खातामा जम्मा गरेर सो ब्यक्तीले भुक्तानी पाउने सम्भावना रहन्छ ।

बिशेष रेखांकित चेक
रेखान्कित चेक मा समानान्तर धर्का्भित्र ब्रऋ एबथभभ लेखिएको हुन्छ । यो चेकको भुक्तानी जो ब्यक्ती वा संस्थालाई लेखिएको हो सोही ब्यक्ती वा संस्थाको खातामा जम्मा हुने गरी मात्र हुने भएकोले यो चेक एकदमै सुरक्षित हुने गर्दछ ।

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार र आन्दोलनमा प्रतिनिधिहरू

पकाहाँमैनपुर एमालेमा विधिविपरीत कमिटी गठन : बहिष्कार...

वि.सं.२०८२ वैशाख ३१ बुधवार २२:१६

पकाहाँमैनपुर । पर्साको पकाहाँमैनपुर गाउँपालिकामा गाउँपालिका कमिटी गठनलाई लिएर नेकपा...

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

नीति तथा कार्यक्रम व्यवस्थित् ढंगबाट आएको छ : महेश बर्तौला

नीति तथा कार्यक्रम व्यवस्थित् ढंगबाट आएको छ...

वि.सं.२०८२ वैशाख २८ आइतवार १५:०८

  काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले...

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा...

वि.सं.२०८२ वैशाख २१ आइतवार ०६:२८

  काठमाडौं - नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ...

अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिवाना, अन्य व्यवसायलाई कागजात पेश गर्न निर्देशन

अल्फा बिजनेसलाई २ लाख रुपैयाँ जरिवाना, अन्य...

वि.सं.२०८२ वैशाख १४ आइतवार २२:१५

  काठमाडौँ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत...

‘युथ सेलिब्रेशन’मा उत्साहित एमाले युवा (तस्बिरहरू सहित)

‘युथ सेलिब्रेशन’मा उत्साहित एमाले युवा (तस्बिरहरू सहित)

वि.सं.२०८२ वैशाख ११ बिहीवार २१:३४

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस तथा लोकतन्त्र दिवसको...