यस वर्षको मिस नेपाल भईन निकिता चन्दक
Friday Jun 02, 2017
वि.सं.२०७४ जेठ १९ शुक्रवार १९:४५

२० जेठ, काठमाडौँ – यस वर्षको मिस नेपाल (हिडन ट्रेजर) निकिता चन्दक भएकी छन् । हिजो सम्पन्न प्रतियोगितामा सहभागी १९ जना युवतीलाई पछि पार्दै चन्दक मिस नेपाल २०१७ भएकी हुन् । उनलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्याइदिइन् ।
त्यसैगरी पहिलो रनरअपको उपाधि रोजिना श्रेष्ठ र दोस्रो रनरअपको उपाधि निति शाहले प्राप्त गरेकी छन् ।
निकिताले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् ।




























