स्वर्गीय युवराज दीपेन्द्र विरबिक्रम शाहदेवलाई मन पर्ने गीत सुनाउदा सबै भावबिह्वल भए

Friday Jun 02, 2017
वि.सं.२०७४ जेठ १९ शुक्रवार १९:५८

२० जेठ, काठमाडौ– स्वर्गीय युवराज दीपेन्द्र विरबिक्रम शाहदेव संगीत प्रेमी थिए भन्ने धेरैलाई थाहा होला । तर उनी कस्ता संगीत सुन्थे भन्ने कमैलाई मात्र थाहा छ ।
चलचित्र दीपेन्द्र सरकार घोषणा कार्यक्रममा उपस्थित प्राय सबैले दीपेन्द्रले सुन्ने संगीत केही भएपनि जानकारी पाए । संगीतकार शुभबहादुर सुनावले सबैलाई सो जानकारी गराएका हुन् ।
बिवेक कुमार शाहले लेखेको पुस्तक ‘मैले देखेको दरबार’मा आधारित रहेर निर्माण हुन लागेका चलचित्र दीपेन्द्र सरकार उनले सुन्ने गीत पनि राखिने भएको छ । जुन गीत संगीतकार शुभबहादुर सुनामले संगीत सहित उपलब्ध गराउने छन् ।
सुनाम दीपेन्द्रका संगीत गुरु पनि हुन् । कार्यक्रममा सुनामले दीपेन्द्रले सुन्ने गीत ‘रमायलो दीनको रमायलो छिनको सम्झना आउछ’, एक तर्फि माया म कति लाउ, हिमालको चिसो बोलका गीत गाएर सुनाए । उनले उक्त गीत गाउदा कार्यक्रममा उपस्थित सबै भावबिहोल भएका थिए ।
चलचित्रमा पनि सुनामकै शब्द तथा संगीतमा यी तीन गीत राखिने भएको छ ।
दीपेन्द्रको प्रेमकथालाई बिषेश रुपमा देखाउने उदेश्यले निर्माण हुन लागेको चलचित्रमा दीपेन्द्रको भुमिका अभिनेता प्रदीप खड्काले निर्बाह गर्दैछन् । आशुतोस फिल्मको ब्यानरमा सन्तोस सेनले निर्माण गर्न लागेको चलचित्र यो चलचित्रमा अन्य कलाकार फाइनल हुन बाँकी छन् । सेनले निर्माण गरेको चलचित्र ‘प्रेम गीत २’ प्रदर्शनको तयारीमा छ ।