IME Life
NIMB

चीनले अनुदानमा दिएको १० हजार ‘इन्डक्सन चुल्हो’ को शुक्रबारबाट बिक्री सुरु

NIMB
Himalayan Bank

९ असार, काठमाडौं- चीनले दोस्रो चरणमा अनुदानमा दिएको १० हजार ‘इन्डक्सन चुल्हो’ को शुक्रबारबाट बिक्री सुरु भएको छ । त्रिभुवन विमानस्थलको भन्सारमा थन्किएर बसेका इन्डसक्सन पास गराएर शुक्रबारबाट बिक्रीमा राखिएको हो ।

यसअघि ४ हजार रुपैयाँमा बेच्न सुरू गरिएको नेशनल ट्रेडिङ लिमिटेडको उपत्यका बिक्री वितरण ब्यवस्था कार्यालयका प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए । कम्पनीको टेकुस्थित आफ्नो बिक्री कक्षबाट इन्डक्सन ४ हजार रुपैयाँमा बिक्री सुरु हो ।

‘यसअघि ३४ हजार रुपैयाँमै बेच्दा १३ सय इन्डक्सन हारालुछ नै भएको थियो । हामीले थप इन्डक्सन पनि सुलभ मूल्यमा बेच्न सुरु गर्‍यौं’ श्रेष्ठले भने ।

नेपालीले नाकाबन्दीका समयमा भारतबाट ग्यास नपाएर खानै बन्द हुने भएपछि चीनले नेपाललाई इन्डक्सन चुल्हो सहयोग गरेको थियो । अनुदानमा २ चरण्मा चीनबाट यस्तो चुल्हो आएको थियो ।

गतवर्ष पहिलो चरणमा चीनबाट आएको १३ सय इन्डक्सनको मूल्य अस्वभाविक रुपमा १२ हजार रुपैयाँ कायम गरिएको थियो । तर, अस्वभाविक मूल्य कायम गरिएपछि विक्रीमा राखिएका ती इन्डक्सन त्यतिबेला बिक्री भएनन् ।

गत महिना १३ सय वटको मूलय घटाएर ४ हजारमा बेच्दा किन्नेहरुको ठूलो भीड लागेको थियो । इन्डक्सनसँगै एउटा कराई पनि निःशुल्क दिने ब्यवस्था गरिएको छ ।

नाकाबन्दीका कारण नागरिकले ग्यास नपाएर सास्ती बेहोरेपछि चीनले नेपाललाई सर्वसाधरणलाई वितरण गर्न भन्दै अनुदानमा इन्डक्सन चुल्हो सहयोग गरेको थियो ।

नेशनल ट्रेडिङका अनुसार अहिले बेच्न लागिएको चिनियाँ एकमुखे इन्डक्सन नेपाली बजारमा ४५ सय रुपैयाँसम्ममा पाइन्छ । अहिले नेशनल ट्रेडिङमार्फत किन्दा यसबाट उपभोक्तालाई घाटा नलाग्ने सरकारी अधिकारी बताउँछन् ।

चीनले ५ मिलियन अर्थात ५० लाख आरएमबीमा दोस्रो चरणमा १० हजार चुल्हो दिएको थियो । सरकारले चीनले नियमित अनुदान कटौति हुने गरी इन्डक्सन सहयोग गरेपछि त्यति बराबरकै रकम फिर्ता हुने गरी इन्डक्सनको उच्च मूल्य तोकेको थियो ।

सरकारले चीनको इन्डक्सन बेचेर त्यसैबाट अनुदान कटौति भए बराबरकै रकम नागरिकसँग असुल गर्न खोजेको थियो ।

त्यसैअनुसार मूल्य काम गर्दा इन्डक्सनको मूल्य १२ हजार रुपैयाँ पुगेको थियो । अहिले भने मूल्य घटाएर बेच्ने निर्णय गरिएको छ र ४ हजार रुपैयाँमै सबै इन्डक्सन बेच्न सुरु भएको छ ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...