Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

चीनले अनुदानमा दिएको १० हजार ‘इन्डक्सन चुल्हो’ को शुक्रबारबाट बिक्री सुरु

९ असार, काठमाडौं- चीनले दोस्रो चरणमा अनुदानमा दिएको १० हजार ‘इन्डक्सन चुल्हो’ को शुक्रबारबाट बिक्री सुरु भएको छ । त्रिभुवन विमानस्थलको भन्सारमा थन्किएर बसेका इन्डसक्सन पास गराएर शुक्रबारबाट बिक्रीमा राखिएको हो ।

यसअघि ४ हजार रुपैयाँमा बेच्न सुरू गरिएको नेशनल ट्रेडिङ लिमिटेडको उपत्यका बिक्री वितरण ब्यवस्था कार्यालयका प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए । कम्पनीको टेकुस्थित आफ्नो बिक्री कक्षबाट इन्डक्सन ४ हजार रुपैयाँमा बिक्री सुरु हो ।

‘यसअघि ३४ हजार रुपैयाँमै बेच्दा १३ सय इन्डक्सन हारालुछ नै भएको थियो । हामीले थप इन्डक्सन पनि सुलभ मूल्यमा बेच्न सुरु गर्‍यौं’ श्रेष्ठले भने ।

नेपालीले नाकाबन्दीका समयमा भारतबाट ग्यास नपाएर खानै बन्द हुने भएपछि चीनले नेपाललाई इन्डक्सन चुल्हो सहयोग गरेको थियो । अनुदानमा २ चरण्मा चीनबाट यस्तो चुल्हो आएको थियो ।

गतवर्ष पहिलो चरणमा चीनबाट आएको १३ सय इन्डक्सनको मूल्य अस्वभाविक रुपमा १२ हजार रुपैयाँ कायम गरिएको थियो । तर, अस्वभाविक मूल्य कायम गरिएपछि विक्रीमा राखिएका ती इन्डक्सन त्यतिबेला बिक्री भएनन् ।

गत महिना १३ सय वटको मूलय घटाएर ४ हजारमा बेच्दा किन्नेहरुको ठूलो भीड लागेको थियो । इन्डक्सनसँगै एउटा कराई पनि निःशुल्क दिने ब्यवस्था गरिएको छ ।

नाकाबन्दीका कारण नागरिकले ग्यास नपाएर सास्ती बेहोरेपछि चीनले नेपाललाई सर्वसाधरणलाई वितरण गर्न भन्दै अनुदानमा इन्डक्सन चुल्हो सहयोग गरेको थियो ।

नेशनल ट्रेडिङका अनुसार अहिले बेच्न लागिएको चिनियाँ एकमुखे इन्डक्सन नेपाली बजारमा ४५ सय रुपैयाँसम्ममा पाइन्छ । अहिले नेशनल ट्रेडिङमार्फत किन्दा यसबाट उपभोक्तालाई घाटा नलाग्ने सरकारी अधिकारी बताउँछन् ।

चीनले ५ मिलियन अर्थात ५० लाख आरएमबीमा दोस्रो चरणमा १० हजार चुल्हो दिएको थियो । सरकारले चीनले नियमित अनुदान कटौति हुने गरी इन्डक्सन सहयोग गरेपछि त्यति बराबरकै रकम फिर्ता हुने गरी इन्डक्सनको उच्च मूल्य तोकेको थियो ।

सरकारले चीनको इन्डक्सन बेचेर त्यसैबाट अनुदान कटौति भए बराबरकै रकम नागरिकसँग असुल गर्न खोजेको थियो ।

त्यसैअनुसार मूल्य काम गर्दा इन्डक्सनको मूल्य १२ हजार रुपैयाँ पुगेको थियो । अहिले भने मूल्य घटाएर बेच्ने निर्णय गरिएको छ र ४ हजार रुपैयाँमै सबै इन्डक्सन बेच्न सुरु भएको छ ।

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

वि.सं.२०८२ असार ७ शनिवार २२:३८

  चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले...

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

वि.सं.२०८२ असार ७ शनिवार २०:३५

काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा...