रुदै छिन नेपाल आमा- सुजिता पौडेल

Saturday Jun 24, 2017
वि.सं.२०७४ असार १० शनिवार ०७:४६


बिदेशी भुमीमा आसु र पसिना को भेल बगाइ
आºनो जीवन लाई मृत्युको बाजी राख्दै
अन्धकार संसार मा डुबुल्की मार्दै
अरुको टोकसो मा अवसर खोज्दै
आºनो स्वभिमान बेच्दै छौ
तिमी पोको परेर आउदा
सामान पोको पारेर लगेको सुर्केसमा
रुन्छीन नेपाल आमा तिम्लाई जिउदै जलाउदा
बर्तमान नेताहरु हो किन गरिरहेछौ लछार पछार ह“ ??यो पबित्र स्थल मा
निर्दोस नेपाली को छातीमा आँसु को भेल बगाएर
पुर्खा ले बनाएको देश टुक्रायौ
भाग लगायौ सयांै लाई
सयांै लाई लुटेउ
देश लाई धेरै दुखायौ
नेपाल आमा लाई जिउदै जलाउदै छौ
नलगाउ ईतिहासमा कालो धब्बा ।कहा गयो वीर गोर्खाली को रगत
कहा गए बलभद्र भिमशेन को बहादुरी
खोइ त गौतम बुद्धको शान्ती उपदेश ?
सुक्रराजको मरन भुमीमा आगो लाउदै छौ
धिक्कार छ तिमिलाइ ll
मेरो बिन्ती छ घाउमा नुन छर्किन बन्द गर
रुदै छिन नेपाल आमा
श्राप लाग्ला है नेपाल आमाको ।।