CG Electronics
IME Life
Ncell NPL

केपी ओलीको सपना: समृद्ध राष्ट्र बनाउन रेल

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited
गजेन्द्रप्रसाद थपलिया

नेपालको इतिहासमा २०७२ साल असोज २४ गते विशेष महत्वको दिनका रूपमा अंकित भयो। जुन दिन १४ वर्ष जेल जीवन विताएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबीच भावी ३८ औं प्रधानमन्त्रीका लागि संसद्मा निर्वाचन हुँदै थियो। राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिले उच्च महत्वका साथ हेरिएको उक्त चुनाव ३३८ मत प्राप्त गरी केपी.शर्मा ओली निर्वाचित हुनुभयो। ओली प्रधानमन्त्रीमा निर्वाचित मात्र हुनुभएको होइन उहाँबाट नेपाली जनताले धेरै ठूलो आशा भरोसा पनि गरेका थिए। भारतबाट नाकाबन्दीले प्रताडित नेपाली जनताले जीवनको धेरै प्रतिकूलतासँग जुधेर यस अवस्थामा आइपुग्नुुभएकाले राष्ट्रको प्रतिकूलतालाई आफ्नो अदम्य साहस र क्षमता प्रदर्शन गरेर देशलाई अगाडि बढाउनुहुनेछ भन्ने अपेक्षा गरेका थिए।

केपी ओलीको सपनामात्र होइन, कसरी अन्तर्राष्ट्रिय स्तरमा रेलको माध्यमद्वारा जोडेर हाम्रो राष्ट्रलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरा थाहा पाउन जरुरी छ जुन योजनागतरूपमा कार्यान्वयन तहमा लान सकिन्छ।

साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति कस्तो दबाबपूर्ण थियो यो पनि सबैसामु छर्लङ्ग नै थियो। प्रधानमन्त्रीमा निर्वाचित भइरहँदा उहाँसँग चारवटा अत्यन्त ठूला र गहन जिम्मेवारीका साथै दैनिक प्रधानमन्त्रीय प्रणालीमा गरिने काम उहाँअगाडि भएको अनुुभुुति नेपाली जनताले गरेका थिए। पहिलो, विशेष परिस्थितिमा नेपालको राष्ट्रियताको सवालमा कसरी अगाडि बढ्ने र नाकाबन्दीबाट देशलाई कसरी सहज अवस्थामा ल्याउने। दोस्रो, २०७२ वैशाख १२ भूकम्पबाट दुखित जनतालाई कसरी नवनिर्माणको बाटोमा रूपान्तरण गर्ने। तेस्रो, २०७२ असोज ३ गते आफ्नो विशेष अडानका कारण जारी भएको संविधान कार्यान्वयन गर्ने र चौथो, समृद्ध नेपाल बनाउनका लागि आर्थिक र पूर्वाधारको क्षेत्रमा राष्ट्रको तर्फबाट देखाउनुपर्ने सपना, ल्याउनुपर्ने योजना र गर्नुपर्ने कार्यान्वयन उहाँका सामु रहेका विशेष जिम्मेवारी थिए।

समृद्ध नेपाल बनाउने सन्दर्भमा उहाँले देखाउनुभएको समृद्धिका लागि आर्थिक विकास र पूर्वाधारको सपनाले धेरै चर्चा पायो। यस्तो धेरै चर्चा बटुल्न सफल विषयमध्ये रेल पनि एउटा रह्यो। जब प्रधानमन्त्रीका रूपमा रहिरहेका बेला केरुङबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म रेल गुडाएर नेपाललाई कनेक्टिभिटीमा अन्तर्राष्ट्रिय स्तरमा फड्को मार्नुको साथै नेपाललाई समृद्धिको उचाइमा पुर्‍याउने कुरा गर्न थाल्नुभयो तब सबैलाई छट्पटी सुरु हुन थाल्यो। यसका अलवा काठमाडौंमा मेट्रो गुडाउन किन नहुने भन्ने उद्गार आउन थाल्यो। सबैथरी तरङि्गत हुन थाले। ओलीको सपनामात्र होइन, कसरी अन्तर्राष्ट्रिय स्तरमा रेलको माध्यमद्वारा जोडेर हाम्रो राष्ट्रलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरा थाहा पाउन जरुरी छ जुन योजनागतरूपमा कार्यान्वयन तहमा लान सकिन्छ। अन्तर्राष्ट्रिय रेल मार्गसँग नेपालको काठमाडौंबाट केरुङ हुँदै सिगात्से, ल्हासा साङ्घाईसम्म पुगेपछि समुन्द्रसँगको पहुँच हुने स्थिति छ। साङ्घाइ वा हेनानबाट नेपालकै झण्डा फहराएको पानीजहाजमार्फत सामान ओसारपसार गर्ने र अन्तर्राष्ट्रियरूपमा व्यापारमा पहुँच बढाउने कुरा देशलाई समृद्धिमा लाने योजना होइन?

अन्तर्राष्ट्रियरूपमा पूर्व–पश्चिम रुटमा तीनवटा रेलका रुट छन् जसले विश्वको अर्थतन्त्रमा दूरगामी महत्व राख्छ। यो ३ वटै पूर्व पश्चिम रेलको रुटलाई उत्तर दक्षिण जोड्ने उपयुक्त स्थल नेपालको लुम्बिनी, काठमाडौं केरुङ रुट जसको ऐतिहासिक महत्व छ जुन बेला दलीय स्वार्थभन्दा माथि उठेर नेतृत्वले सोच्नेछ त्यति बेला थाहा पाउनेछ। ३ वटा पूर्व पश्चिम रुटमध्ये सबैभन्दा उत्तरमा रहेको उत्तरी रुटलाई ट्रान्ससाइबेरियन रुट भनिन्छ। जसको लम्बाई ९२८९ किमि छ भने पूर्वमा रसियाको भ्यादिभस्टकबाट सुरु भएर मस्को हँुदै जर्मनी र पोल्यान्डको सिमानासम्म पुगेको छ। ट्रान्ससाइबेरियन रुटमा जोडिने गरी अर्को रेलको रुट जसलाई मध्य रुट भनिन्छ। यसको लम्बाइ करिब ७६२१ किमि छ। चीनको साङ्घाइदेखि मस्कोसम्म छ। जसको माध्यमबाट चीनले पश्चिम युरोपको मुलुकमा आफनो बजार विस्तार गरेर समृद्ध राष्ट्र बनेको छ।

मध्य रुटमा एउटा कुर्गानबाट सेफरलोक्स हुँदै मस्को पुग्छ भने अर्को रुट रसियाबाटै युक्रेनको किब हुँदै बेलारुस पोल्यान्डबाट जर्मनीसम्म पुग्छ। तेस्रो महत्वपूर्ण रेलमार्ग भनेको दक्षिणी मार्ग ट्रान्सएसियन रेलवे रुट हो। यसको लम्बाइ करिब १४३२० किमि हुनेछ। यो रुट सुरु सिंगापुरबाट भएर युरोपमा पुगेर टुङि्गनेछ। ंिंसगापुर, मलेसिया, थाइल्यान्ड, बर्मा, बंगलादेश, भारत, नेपाल, भारत, पाकिस्तान, इरान, टर्की हुँदै युरोप जोडिने यो रेलमार्गले नेपालको समृद्धिमा कोशेढुंगा सावित हुने मा दुईमत छैन। बंगलादेशको विरोल वा राधिकापुर वा सिंहवाद हुँदै नेपाल आउने रेलमार्गलाई बंगलादेशको गेडेबाट भारतको कलकत्ता लगेर दिल्ली लाने र दिल्लीबाट नेपालको काठमाडौं जोडिदिने जुन नयाँ कूटनीतिक पहल सुरु भएको अनुभुति भएको छ, यसो भयो भने नेपाल सदियौ पछाडि पर्नेछ र नेपालको नेतृत्व र कूटनीतिज्ञले नेपाली जनता र नेपाल राष्ट्रप्रति गरेको घात कसैले पनि पूर्ति गर्न सक्ने छैन। यसको महत्वपूर्ण पाटो भनेको ३ वटा पूर्व पश्चिम रेल मार्गलाई नेपालको बुटवलमा ट्रान्सएसियन रेलवे रुटमा जोडेर चीनको केरुङ हुँदै सिगात्से, लासाबाट लान्जोय हुँदै मध्य रुटसम्म जोड्ने र त्यहाँबाट ट्रान्ससाइबेरियन रेलमार्गको रसियाको कुर्गान जोडेर उत्तर दक्षिणको कनेक्टिभिटीमा नेपाल ऐतिहासिक जक्सन बन्नेबाट वञ्चित हुनेछ। त्यसमा नेपाली नेतृत्वले कहिल्यै चुक्न हुँदैन।

नेपालमा रेलको पुरानो इतिहास भए पनि जब केपी शर्मा ओली प्रधानमन्त्री हुनुभयो र नेपालको समृद्धिका लागि रेल आवश्यक हो भनेर जनताबीच ल्याउनुमात्र भएन कि चीनको औपचारिक भ्रमण (२०७२ साल चैत ७–१४) मा प्रस्तावित रसुवागढी, काठमाडौं, पोखरा, लुम्बिनी रेलवेको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार गर्न चीनले आर्थिक र प्राविधिक सहयोग दिने गरी नेपाली पक्षबाट अनुरोध गर्नुभयो। र, चीनले यसमा सहयोग गर्ने जनाएको थियो। चीन भ्रमणपछाडि रेलमार्गको अध्ययन गरिदिने भनेर चीनका धेरै कम्पनी आएर हामी गरिदिनेछौं भनी सरकारी निकायसँग कुराकानी पनि अगाडि बढाएका थिए र काठमाडौंमा फिजिबिलिटी अध्ययन भएका ५ वटा रुटको मेट्रो रेलको आर्थिक कसरी जुटाउने भन्नेबारे एउटा समिति बनाएर यसको जिम्मा दिनेगरी अगाडि बढेको थियो। अफसोस्, यस्तै बेलामा केपी ओलीले नेतृत्व गरेको सरकार विघटन हुने स्थितीमा पुग्यो र देशको समृद्धिको सपना केही पर सरेको छ, टरेको भने छैन।

त्यसपछिका सरकारले पनि रेलमार्गको सन्दर्भमा चीन सरकारसँग अर्थ मन्त्रालयमार्फत भए पनि नेपाल सरकारको तर्फबाट अध्ययन अगाडी बढाउन पहल गरेमात्र पनि जनता र राष्ट्रप्रति न्याय हुने देखिन्छ। काठमाडौंको मेट्रो रेलको सन्दर्भमा लगानी बोर्डमा रहेको परियोजनाको लगानीको सम्भाव्यता अध्ययन गर्न राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रेल विभाग र लगानी बोर्डका प्रतिनिधि रहने गरी ३ महिना अवधिका लागि एउटा समिति बनाइएको छ जुन सकरात्मक काम हो। यस समितिबाट छिटै काम अगाडि बढोस् जसबाट काठमाडौंबासी जनताले परिवर्तन अनुभूत गर्न पाउन्। सपना जसको भए पनि नेपाल राष्ट्र समृद्ध हुनेछ र नेपाली जनताले समृद्धिको उपभोग गर्ने पाउनेछन्, राष्ट्र बलियो हुनेछ। विकास र समृद्धिमा राजनीति नगरौं। दलीय स्वार्थभन्दा माथि उठौं। समृद्ध राष्ट्र सम्भव छ।


पूर्वप्रधानमन्त्रीका वरिष्ठ आर्थिक विकास विज्ञ तथा नेपाल बुद्धिजीवी परिषद्का सह-कोषाध्यक्ष

 

साभार रातोसूर्य डट कम

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार...

वि.सं.२०८३ वैशाख २६ शनिवार १५:०५

  काठमाडौं । स्वर्णिम वाग्ले ले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

संविधान संशोधन कार्यदलद्वारा पूर्व महान्यायाधिवक्ताहरुसँग छलफल, शासकीय स्वरूप र निर्वाचन प्रणाली बदल्न सुझव

संविधान संशोधन कार्यदलद्वारा पूर्व महान्यायाधिवक्ताहरुसँग छलफल, शासकीय...

वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:१३

  काठमाडौं । संविधान संशोधनका लागि बहस पत्र तयार गर्न...