CG Electronics
IME Life
NIMB

पेट्रोलियम व्यावसायीद्वरा २० असारबाट इन्धन बितरण ठप्प पार्ने घोषणा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

अजित अधिकारी/ नायाँ पत्रिका

१० असार, काठमाडौं – अत्यावश्यक बस्तुको आपूर्तीमा अवरोध गर्न नहुने कानून विपरित पेट्रोलियम व्यावसायीले आफ्ना माग पुरा गराउन सरकारलाई दबाब दिने उदेश्यले २० असारबाट इन्धन बितरण ठप्प पार्ने घोषणा गरेका छन् । उनीहरुले आयल निगमबाट कम तेल पाइरहेका कारण सो समस्या समाधान गर्न दबाब दिने उदेश्यले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् । बाग्मती अञ्चलमा पेट्रोलपम्प संचालन गर्ने व्यावसायी शनिबार भेला भई यस्तो निर्णय गरेका हुन् । बाग्मती पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष अच्यतबहादुर खड्काले २० असारबाट तीन दिनसम्म पेट्रोल नबाँड्ने निर्णय भएको बताए । ‘सो अवधिसम्म पनि हाम्रा माग सुनुवाई नभए २४ असारबाट डिजेल बितरण पनि ठप्प पार्छौं’ उनले भने ।

 

आफूहरुको लडाई तोकिएको परिमाणको इन्धन पाउनका लागि मात्रै भएकाले उपभोक्ताले पनि साथ दिनुपर्ने उनको तर्क छ । ‘हामीले ४ हजार लिटर तेलका लागि निगमलाई पैसा तिछौं तर प्रत्येक ४ हजार लिटरमा प्रत्येक पटक ७० देखी १ सय लिटरसम्म कम पाउँदै आएका छौं’ पेट्रोलियम व्यावसायी उमेश बानियाँले भने । निगमको ज्याजती विरुद्ध आन्दोलन गर्नुपरेको उनले जिकिर गरे ।

 

निगमको थानकोट डिपोबाट इन्धन बितरण हुने काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, नुवाकोटलगायतका जिल्लामा रहेका पम्पबाट इन्धन बितरण ठप्प पार्न लागिएको अध्यक्ष खड्काले जानकारी दिए । यी क्षेत्रमा करिब २ सय पम्पले इन्धन बितरण गरिरहेका छन् । आयल निगमले कम तेल दिदैं आएको भनेर व्यावसायीले २–३ बर्षअघिबाट गुनासो गर्दै आएका छन् । निगमले पम्पलाई कम तेल दिएपछि पम्पले पनि उपभोक्तालाई कम तेल दिएर ठग्दै आएका छन् ।

 

 

आयल निगमका निर्देशक दीपक बरालले भारतीय आयल कर्पोरेसन (आइओसी) को क्यालिब्रेसन मापदण्डका आधारमा तेल उपलब्ध गराइरहेकाले कम दिएको भन्न नमिल्ने बताए । उनले नेपालको क्यालिब्रेसन सम्बन्धि मापदण्ड गुणस्तर विभागले उपलब्ध नगराएकाले थप अनुगमनका लागि असहज भएको बताए । ‘थानकोटमा लोड भएको तेल पम्पमा पुग्दा कसरी कम भयो भन्ने कुरा गुणस्तर विभागले हेर्ने हो’ बरालले भने, ‘उसले अनुगमनपछि रिपोर्ट पनि दिएको छैन ।’ निगमले जानेर पम्पमा कम तेल नपठाएको उनको दाबी छ । ‘यद्यपी निगमबाट ४ हजार लिटर भनेर मापन गरिएको पेट्रोल पम्पमा सो भन्दा कम कसरी प्राप्त भइरहेको छ भन्ने कुराको विस्तृत अध्ययन हुनु आवश्यक छ’ उनले भने । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबू पुडासैनीले यसअघि भएको अनुगमनको रिपोर्ट तयार गर्ने क्रममा रहेको बताए । उनले ट्यांकर र पम्पको सही क्यालिब्रेसन गरी समस्या निराकरण गर्न अग्रसर भइरहेको बताए ।

 

अनुगमनबाट कम दिएको पुष्टि
गत १३ बैशाखमा आयल निगम, गुणस्तर तथा नापतौल विभाग र पेट्रोलियम व्यावसायीको रोहबरमा निगमको थानकोट डिपोबाट पम्पमा हुने इन्धन बितरणको अनुगमन भएको थियो । त्यसक्रममा थानकोटबाट तेल बोकेर काठमाडौंको कालिमाटीस्थित माली आयल स्टोरमा आएको ट्यांकरबाट ४ हजार लिटर तेल खसाल्दा ९९ लिटर कम रहेको देखिएको थियो । सोटी ट्यांकरमा थानकोटमा लगी खाली गराएर गुणस्तर तथा नापतौल विभागको मापदण्डअनुसार क्यालिब्रेस गरी पुनः माली आयलमा तेल खसाल्दा ६६ लिटर कम आएको थियो ।

सोही अनुगमन टोलीले २१ बैशाखमा किर्तिपुरस्थित रसकटर टे«डिङ (पेट्रोल पम्प) मा थानकोटबाट डिजेल र पेट्रोल ल्याएर निरिक्षण गरेको थियो । ३ हजार लिटर डिजेल खन्याउँदा पम्पमा ४८ लिटर कम झरेको थियो । त्यस्तै ३ हजार लिटर पेट्रोल खसाल्दा ५६ लिटर कम झरेको थियो । अनुगमनले निगमबाट पम्पमा कम तेल आउने गरेको पुष्टि भएपछि आक्रोसित भएका व्यावसायीले आन्दोलन घोषणा गरेका हुन् ।

 

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...