कोहलपुर नगरपालिकाको प्रमुखमा एमालेका लुट बहादुर रावत विजयी
Wednesday Jul 05, 2017
वि.सं.२०७४ असार २१ बुधवार १०:३५
२१ असार, बाँके- बाँकेको कोहलपुर नगरपालिकाको प्रमुखमा एमालेका लुट बहादुर रावत विजयी भएका छन् । उपप्रमुखमा भने नेपाली कांग्रेसकी सन्जु चौधरी विजयी भएकी छन् । प्रमुखमा रावतले ९ हजार ७ मत प्राप्त गरे । उनका निकत्तम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका भानुभक्त भट्टराईले ८ हजार ९ सय २४ मत प्राप्त गरे ।
उपप्रमुखमा कांग्रेसकी सन्जु चौधरीले १० हजार ५६ मत प्राप्त गरेर विजयी हुँदा उनका निकत्तम प्रतिद्वन्द्वी एमालेकी कृष्णी कुमारी चौधरीले ९ हजार ३ सय ७९ मत प्राप्त गरिन् । कोहलपुर नगरपालिकाको प्रमुखमा प्रतिस्पर्धा गरेका माआवादी केन्द्रका नरेन्द्र न्यौपानेले ६ हजार २ सय २१ र उपप्रमुखका उम्मेदवार देवी कुमारी चौधरीले ४ हजार ९ सय ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेक बहादुर थापाले जानकारी दिए ।
कुल १५ वडा रहेको कोहलपुरमा नेपाली कांग्रेस र एमालेले ७÷७ र माओवादी केन्द्रले एउटा वडा जितेका छन् । नेपाली काँग्रेसले ५, ६, ७, ९, १०, १४ र १५ तथा एमालेले १, २, ३, ८, ११, १२ र १३ वडा जितेको छ भने माओवादी केन्द्रले ४ नं. वडामात्र जितेको थापाले बताए ।कोहलपुरको प्रमुखमा विजयी भएका रावत साविक कोहलपुर गाविसको दुई कार्यकाल अध्यक्ष भइसकेका छन् ।