Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

म्याग्दीका किसानलाई ४५ हजार माछाका भुराहरु वितरण

 

 

 

२२ असार, म्याग्दी, – व्यावसायिक माछापालनको सम्भावना रहेको म्याग्दीमा झण्डै ४५ हजार माछाका भुराहरु वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको अनुदान ढुवानीमा जिल्लाका किसानलाई लक्षित ४४ हजार ५ सय माछाका भुरा वितरण गरिएको हो । कृषि प्रसार कार्यक्रममार्फत ढुवानीमा सबै अनुदान दिएर माछाका भुरा खरिद गरी वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ ।

माछापालका लागि किसानलाई प्रतिभुरा ५० पैसाका दरले उपलब्ध गराईएको कृषि कार्यालयका कृषि प्रसार अधिकृत बेदनाथ पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार किसानको मागका आधारमा भुरा खरिद गरी अनुदान ढुवानीबाट वितरण गरिएको छ ।

मत्स्य अनुसन्धान केन्द्र बेगनासताल पोखराबाट माछाका भुरा अनुदानमा ल्याएर जिल्लाका ४५ जना माछापालक किसानलाई वितरण गरिएको कृषि प्रसार अधिकृत पन्थीले बताउनुभयो । कृषि कार्यालयमार्फत गएको वैशाख महिनामा कमन कार्प नामक माछाको १५ हजार ५ सय र असारको पहिलो साता ग्रास कार्प जातको २९ हजार भुरा ल्याएर किसानलाई तिवरण गरिएको उहाँले जानकारी दिनुभयो ।

माछापालन व्यवसायमा लागेका किसानलाई व्यावसायिक बनाउन र नयाँलाई माछापालनप्रति आकर्षित गर्ने उद्देश्यले अनुदान ढुवानीमा माछाका भुरा खरिद गरी वितरण गरिएको कृषि कार्यालयले जनाएको छ । नयाँ तथा पुराना पोखरीमा माछापालन गर्नका लागि भुरा वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो ।

म्याग्दी जिल्लामा माछापालनका लागि करिब ४० भन्दाबढी पोखरीहरु सञ्चालनमा रहेका छन् । जिल्लाभन्दा बाहिरबाट भुरा खरिद गरेर ल्याउनुपर्ने बाध्यता र पोखरीसम्म पु¥याउँदा माछाका भुरा मर्न सक्ने भएको हुँदा थोरै भुराले पुग्ने भए पनि किसानहरुले भने बढी भुरा खरिद गर्ने गरेका छन् ।

सातवटा पोखरी निर्माणमा सम्पन्न

म्याग्दीको बाबियाचौर, दर्बाङ, कुहुँ, पिप्ले, घार, खबरा र ताकममा गरी सात वटा स्थानमा नयाँ पोखरी निर्माण गरिएको छ । कृषि कार्यालयको १० हजार अनुदान सहयोगमा किसानले २५० वर्गमिटरमा माछापालन गर्नका लागि पोखरी निर्माण गरेको कृषि कार्यालयले जनाएको छ । निर्माण गरिएका पोखरीमध्ये ५ वटा कृषि कार्यालयको वार्षिक कार्यक्रम र थप दुईवटा पोखरीमा स्याङ्जा जिल्लाको मत्स्य विकास केन्द्र मिर्मीको सहयोग रहेको कार्यालयको कृषि प्रसार शाखाले जनाएको छ ।
माछापालनमा कृषकको आकर्षण

पछिल्लो समय म्याग्दीमा व्यावसायिक माछापालनप्रति किसानको आकर्षण बढ्दै जान थालेको छ । थोरै परिश्रम र लगानीबाट पनि धेरै आम्दानी हुने तथा नाम कमाउन सकिने भएपछि विदेशबाट फर्किएका युवा पनि माछापालनमा लाग्न थालेका छन् भने विदेश जान लागेका युवा पनि व्यवसायिक माछा पालनमा लाग्न थालेका छन् । किसानले आफ्नो पोखरीमा ५ सय देखि ५ हजार सम्मको माछाका भुरा पोखरीमा हाल्ने गरेको कषि कार्यालयले जानाएको छ ।

जिल्ला कृषि विकास कार्यालयले किसानलाई माछापालन सम्बन्धी व्यवहारिक तथा सैद्धान्तिक तालिम समेत दिने गरेको छ । जिल्लाको बेनी नगरपालिकासहित राखुपिप्ले, ज्यामरुककोट, भूरुङ–तातोपानी, घार, ताकम, बाबियाचौर, बराङ्जालगायतका क्षेत्रमा व्यावसायिक माछापालन गरिएको छ । म्याग्दीमा ग्रासकार्प, कमनकार्प, ट्राउट लगायत जातका माछाहरु पाल्ने गरिएको छ ।

  • प्रताप बानियाँ/उज्यालो अनलाईन

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...