CG Electronics
IME Life
NIMB

‘छक्का पन्जा’ले पायो ११ विधामा अवार्ड, कसले पाए कुन अवार्ड? तालिका हेर्नुस

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

२३ असार, हेटौडा – ९औं डी सिने अवार्डमा बिपिन कार्की र प्रियंका कार्की उत्कृष्ट अभिनेता अभिनेत्री ठहरिएका छन् । बिहीवार हेटौंडाको ओम्याक्स चलचित्र भवनमा आयोजित अवार्ड समारोहमा विपिन कार्कीले चलचित्र ‘जात्रा’बाट उत्कृष्ट अभिनेताको अवार्ड थाप्दा प्रियंकाले ‘छक्का पन्जा’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरिन् ।

३२ बिधा समावेश अवार्डमा गत बर्षको व्यवसायीक (सफल चलचित्र) ‘छक्का पन्जा’ले सर्वाधिक ११ विधामा अवार्ड प्राप्त गर्यो । यो चलचित्रले अभिनेत्री सहित फिल्म, नव निर्देशक, हाँस्यकलाकार, खलपात्र, नृत्य निर्देशक, गायक, संगीतकार, संवाद, सम्पादन र छायाँकार लगायत बिधामा अवार्ड प्राप्त गर्दै आफनो वर्चस्व कायम गर्यो ।

‘छायाँछबि क्रियशन’ले आयोजना गरेको कार्यक्रममा पत्रकार लक्ष्मण सुवेदी ९ हजार ९ सय ९९ सय राशी सहितको ‘छायाँछबि चलचित्र पत्रकारिता पुरस्कार’बाट सम्मान भए । त्यस्तै, छायाँछबी चलचित्रकर्मी रजत सम्मान–२०७३’ बाट अभिनेता सरोज खनाल र अभिनेत्री रुपा राना सम्मानित भए ।

कार्यक्रममा करिब चार दशक चलचित्र संगीतमा सक्रिय बरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बास्कोटा ‘लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४’ बाट सम्मानित भए ।

बरिष्ठ चलचित्रकर्मी मोहन निरौला, पत्रकार बिजयरत्न तुलाधर, निर्देशक, पत्रकार डब्बु क्षत्री, संगीतकार सन्तोस श्रेष्ठ, पहिलो महिला छायाँकार सवनम मुखिया निर्णायक रहेको अवार्डमा चलचित्र ‘तीन घुम्ती’ले जुरी अवार्ड प्राप्त गर्यो ।

‘जात्रा’बाट निर्देशक प्रदीप भट्टराई, ‘झुम्की’बाट अभिनेता मनोज आरसी र ‘पुरानो डुंगा’बाट अभिनेत्री मेनुका प्रधान ‘क्रिटिक्स अवार्ड’को हकदार बन्दा तेस्रो चलचित्र निर्देशनको दौरानमा रहेका निर्दशक मिलन चाम्सलले ‘प्रोत्साहन अवार्ड’ बुझे ।

दुई फरक–फरक चलचित्रबाट संगीतको विधामा नोमिनिजमा परेका संगीतकार कालीप्रसाद बाँस्कोटाको भागमा भने अवार्डमा ‘ठमेल बजार’ गीतबाट ‘पब्लिक च्वाइस अवार्ड’ प्रदान गरियो ।

बिभिन्न आकर्षक संगीतिक प्रस्तुतिले भरिएको कार्यक्रममा अभिनेत्री खुस्बु खड्का, सारिका घिमिरे, सुसान्त कार्की, निर्मल सेन्चुरी र भिमफेदी गाइज, जेबीका कार्कीलगायतले आकर्षक नृत्य प्रस्तुत गर्दा गायिका साहिमा श्रेष्ठले गीत गाएर सुनाइन् । हाँस्य कलाकार जीतु नेपालले कमेडी मार्फत कार्यक्रममा सबैलाई हसाँउन सफल भए ।

बर्ष २०७३ भित्र प्रदर्शन आएका ५५ चलचित्र समावेश अवार्ड चलचित्र र चलचित्रकर्मीे प्रोत्सानका लागि नियमित आयोजना हुँदै आएको आयोजक संस्थाका अध्यक्ष शान्ति प्रियले बताए ।

कार्यक्रममा सरोज खनाल, आर्यन अधिकारी, केदार घिमिरे, जितु नेपाल, आकाश अधिकारी, नीता ढुंगाना, अशिष्मा नकर्मी, सारिका घिमिरे, दीपाश्री निरौला, झरना थापा, गौरी मल्ल, बसुन्धरा भुषाल, भुवन चन्द, असिस्मा नकर्मी लगायत दुई दर्जन बढी चलचित्रकर्मी र उल्लेख्य रंगपत्रकार काठमाडौंबाट हेटौडा आएका थिए ।

कसले पाए कुन अवार्ड ?

१) उत्कृष्ट एनिमेशन – मधुकर बलामी (द फेमश)
२) उत्कृष्ट ध्वनि मिश्रण – मनोजराज भण्डारी –जात्रा)
३) उत्कृष्ट पाश्र्व संगीत – शैलेश श्रेष्ठ (गाजलु)
४) उत्कृष्ट केमियो –निश्चल बस्नेत (लप्पन छप्पन)
५) उत्कृष्ट द्वन्द्व निर्देशक –हिमाल केसी (निर्भय)
६) उत्कृष्ट बाल–कलाकार –साइब्रत आचार्य (छायाँ)
७) उत्कृष्ट हाँस्यकलाकार –केदार घिमिरे (छक्का पञ्जा)
८) उत्कृष्ट खलपात्र –दीपकराज गिरी (छक्का पञ्जा)
९) उत्कृष्ट नृत्य निर्देशक –कविराज गहतराज (पूर्ब पश्चिम रेल‘–छक्का पञ्जा)
१०) उत्कृष्ट गीतकार –आकाश अधिकारी (पागल‘(के म तिम्रो होईन र)
११) उत्कृष्ट गायिका –मिना निरौला (ठमेल बजार – लुट २)
१२) उत्कृष्ट गायक –कृष्ण काफ्ले (देखन चम्पा – छक्का पञ्जा)
१३) उत्कृष्ट संगीतकार –दीपक शर्मा (देखन चम्पा‘(छक्का पञ्जा)
१४) उत्कृष्ट संवाद दीपकराज गिरी ( छक्का पञ्जा)
१५) उत्कृष्ट पटकथा – हेमराज बिसी (गाजलु)
१६) उत्कृष्ट कथा – रामबाबु गुरुङ (पुरानो डुंगा)
१७) उत्कृष्ट नव–नायिका – श्रृष्टी श्रेष्ठ (गाजलु)
१८) उत्कृष्ट नव–नायक –आर्यन अधिकारी (के म तिम्रो हैन र)
१९) उत्कृष्ट नव–निर्देशक – दीपाश्री निरौला (छक्का पञ्जा)
२०) उत्कृष्ट चरित्र अभिनेत्री –गौरी मल्ल (के म तिम्रो हैन र)
२१) उत्कृष्ट चरित्र अभिनेता –शिशिर राणा (बीर बिक्रम)
२२) उत्कृष्ट सह–अभिनेत्री –सुस्मिता केसी (म त तिम्रै हुँ)
२३) उत्कृष्ट सह–अभिनेता –सुशान्त कार्की (तीन घुम्ती)
२४) उत्कृष्ट सम्पादक– बिपिन मल्ल (छक्का पञ्जा)
२५) उत्कृष्ट छायाँकार –पुरुषोत्तम प्रधान (छक्का पञ्जा)
२६) उत्कृष्ट अभिनेत्री –प्रियंका कार्की (छक्का पञ्जा)
२७) उत्कृष्ट अभिनेता – विपिन कार्की (जात्रा)
२८) उत्कृष्ट निर्देशक –हेमराज बिसी (गाजलु)
२९) उत्कृष्ट चलचित्र –छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्

 

श्रोत: रातोपाटि

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...