CG Electronics
IME Life
NIMB

पुनर्निर्माण प्राधिकरणलाई आगामी आर्थिक वर्षको लागि एक खर्ब ४५ अर्ब रुपैयाँ बजेट स्वीकृत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

२८ असार, काठमाडौ –  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले आगामी आर्थिक वर्षको लागि एक खर्ब ४५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले प्राधिकरणबाट प्रस्तुत उक्त बजेट तथा कार्ययोजना प्रस्ताव पारित गरेको हो । प्राधिकरणले विभिन्न निकायमार्फत पुनर्निर्माण र पुनस्र्थापना कार्यमा उक्त बजेट खर्च गर्ने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।

 

आगामी आर्थिक वर्षमा पुनर्निर्माणका कुन कुन काम कसरी अगाडि बढाउने भन्ने कार्ययोजना पारित गर्दै साउन १ गतेदेखि नै सो कार्ययोजना लागु गर्ने निर्णय समेत गरेको छ । प्राधिकरणले पुनर्निर्माणको मार्ग स्पष्ट गर्दै आगामी आर्थिक वर्ष निजी आवास पुनर्निर्माणलाई अभियानको रुपमा अगाडि बढाउने भएको छ । पहिलो किस्ताको रकम असोज मसान्तभित्र लिइसक्नुपर्ने बताउदै प्रवक्ता भुषालले दोस्रो र तेस्रो किस्ताको रकम लिने समयावधि स्पष्ट तोकिएको जानकारी दिनुभयो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले भने अब पुनर्निर्माणले गति लिएको दाबी गर्नुभयो । उहाले आफु सिइओ भएर आउनु अघि ६५ हजार घर बनिसकेको तथ्यांक आएको भएपनि आफु आउँदा हजार मात्र घर बनेको दावी गर्नुभयो । उहाले अहिले करिब ४० हजार घर सम्पन्न भएको र एक लाख १० हजारभन्दा बढी घर निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो । सिइओ पोखरेलले एक लाख ५० हजारभन्दा बढी घरधनी दशैंभन्दा अगाडि छानामुनी जाने दावी समेत गर्नुभयो ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि पुनर्निर्माणले अझ बढी गति लिएको उहाको भनाइ छ । पुनर्निर्माणलाई थप प्रभावकारी बनाउन कम प्रभावित १७ जिल्लामा अति प्रभावित १४ जिल्लाकै मोडलमा काम गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । निर्देशक समितिका उपाध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता भीम रावलले भने प्राधिकरणले कार्ययोजना अनुरुप काम गर्न नसकेको आरोप लगाउनु भयो । कार्यप्रगति हेर्दा एकदमै सुस्त र पहिले बनाएका कार्ययोजना कार्यान्वयन नहुने समस्याको पुनरावृत्ति देखिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । प्राधिकरणको निर्देशक समितिमा प्रधानमन्त्री अध्यक्ष र प्रमुख प्रतिपक्षी दलबाट उपाध्यक्ष रहेका छन् ।

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ :...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:०८

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले...