Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

पुनर्निर्माण प्राधिकरणलाई आगामी आर्थिक वर्षको लागि एक खर्ब ४५ अर्ब रुपैयाँ बजेट स्वीकृत

२८ असार, काठमाडौ –  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले आगामी आर्थिक वर्षको लागि एक खर्ब ४५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले प्राधिकरणबाट प्रस्तुत उक्त बजेट तथा कार्ययोजना प्रस्ताव पारित गरेको हो । प्राधिकरणले विभिन्न निकायमार्फत पुनर्निर्माण र पुनस्र्थापना कार्यमा उक्त बजेट खर्च गर्ने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।

 

आगामी आर्थिक वर्षमा पुनर्निर्माणका कुन कुन काम कसरी अगाडि बढाउने भन्ने कार्ययोजना पारित गर्दै साउन १ गतेदेखि नै सो कार्ययोजना लागु गर्ने निर्णय समेत गरेको छ । प्राधिकरणले पुनर्निर्माणको मार्ग स्पष्ट गर्दै आगामी आर्थिक वर्ष निजी आवास पुनर्निर्माणलाई अभियानको रुपमा अगाडि बढाउने भएको छ । पहिलो किस्ताको रकम असोज मसान्तभित्र लिइसक्नुपर्ने बताउदै प्रवक्ता भुषालले दोस्रो र तेस्रो किस्ताको रकम लिने समयावधि स्पष्ट तोकिएको जानकारी दिनुभयो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले भने अब पुनर्निर्माणले गति लिएको दाबी गर्नुभयो । उहाले आफु सिइओ भएर आउनु अघि ६५ हजार घर बनिसकेको तथ्यांक आएको भएपनि आफु आउँदा हजार मात्र घर बनेको दावी गर्नुभयो । उहाले अहिले करिब ४० हजार घर सम्पन्न भएको र एक लाख १० हजारभन्दा बढी घर निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो । सिइओ पोखरेलले एक लाख ५० हजारभन्दा बढी घरधनी दशैंभन्दा अगाडि छानामुनी जाने दावी समेत गर्नुभयो ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि पुनर्निर्माणले अझ बढी गति लिएको उहाको भनाइ छ । पुनर्निर्माणलाई थप प्रभावकारी बनाउन कम प्रभावित १७ जिल्लामा अति प्रभावित १४ जिल्लाकै मोडलमा काम गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । निर्देशक समितिका उपाध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता भीम रावलले भने प्राधिकरणले कार्ययोजना अनुरुप काम गर्न नसकेको आरोप लगाउनु भयो । कार्यप्रगति हेर्दा एकदमै सुस्त र पहिले बनाएका कार्ययोजना कार्यान्वयन नहुने समस्याको पुनरावृत्ति देखिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । प्राधिकरणको निर्देशक समितिमा प्रधानमन्त्री अध्यक्ष र प्रमुख प्रतिपक्षी दलबाट उपाध्यक्ष रहेका छन् ।

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...